कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड सुरु
पोखरा, १५ वैशाख।कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा शुक्रबारदेखि पोखरा रड्डशालामा कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड–२०६९ सुरु भएको छ।
प्रतियोगिताअन्तर्गत पहिलो दिन घोषणा भएका सात स्वर्णमध्ये शहीद स्मृति आवासीय तेक्वान्दो स्कुल दुई स्वर्णसहित शीर्ष स्थानमा रहेको छ। ११ स्वर्णको लागि खेलाइएको सो खेलअन्तर्गत बााकी चार स्वर्णका खेल शनिबार बिहान हुनेछ।
शुक्रबार सम्पन्न पुरुष २३–२६ केजी तौल समूहमा शहीद स्मृतिका रञ्जित श्रेष्ठले राम तेक्वान्दो स्कुलका सन्देश गिरीलाई पराजित गर्दै स्वर्णपदक प्राप्त गरे यासुदा तेक्वान्दो डोजाङका रिडर्स खााड र पोखरा तेक्वान्दो डोजाङका विजु गुरुङले काास्यपदक प्राप्त गरे।यस्तै महिला २९–३२ केजी तौलसमूहमा शहीदकै कुसुम थापाले शुक्रराज बलभद्र तेक्वान्दो स्कुलकी स्नेहा परियारलाई पराजित गर्दै स्वर्णपदक प्राप्त गरिन् भने शुभकामना तेक्वान्दो स्कुलकी निर्मला परियार तथा मझेरी तेक्वान्दो डोजाङकी इशा परियारले काास्यपदक प्राप्त गरे।
महिला ३८–४१ केजी तौलसमूहमा पोखरा तेक्वान्दो डोजाङकी रमिला नेपालीले गुडसेफर्ड तेक्वान्दो स्कुलकी नुमना गुरुङलाई पराजित गर्दै स्वर्ण तथा अमरसिंह तेक्वान्दो डोजाङकी शान्ति नेपाली र शहीद स्मृति तेक्वान्दो स्कुलका लक्ष्मी कार्कीले कासयपदक प्राप्त गरे।४१–४४ केजी तौलसमूहमा शुक्रराज बलभद्र तेक्वान्दो स्कुलकी राखी शर्माले अमरसिंह तेक्वान्दो डोजाङकी नैना रानामगरलाई पराजित गर्दै स्वर्ण तथा गुडसेफर्डकी शिवा आचार्य र पोखरा तेक्वान्दो डोजाङकी विपना गौतमले काास्यपदक प्राप्त गरे।
पुरुष २९–३२ केजी तौलसमूहमा शुभकामना तेक्वान्दो स्कुलका विजय गुरुङले बाराही तेक्वान्दो स्कुलका सुरज राईलाई पराजित गर्दै स्वर्ण तथा राम निमावि तेक्वान्दो स्कुलका अजय राई र युनिभर्स तेक्वान्दो स्कुलका सुरेश श्रेष्ठले काास्यपदक प्राप्त गरे। ३२–३५ केजी तौलसमूहमा पार्दी तेक्वान्दो स्कुलका प्रवेश श्रेष्ठले शहीद स्मृतिका रबिन्द्र चौधरीलाई पराजित गर्दै स्वर्ण तथा युनिभर्सका पुकार सुवेदी र शुभकामनाका रोशन गुप्ताले काास्यपदक प्राप्त गरे। ३५–३८ केजी तौलसमूहमा अस्मित लामाले यासुदा तेक्वान्दो डोजाङका सौरभ क्षत्रीलाई पराजित गर्दै स्वर्ण तथा बाराही तेक्वान्दो स्कुलका विक्रम कुावर र शुक्रराजका पूर्ण थापाले काास्पदक प्राप्त गरे।
शुभकामना तेक्वान्दो स्कुलका राजाराम प्यासी र गुडसेफर्डका खेम गुरुङ पुरुष २०–२३ केजी तौल समूहको फाइनलमा प्रवेश गरेका छन् भने शहीद स्मृतका सरोज विक र राम निमाविका सविन थापामगरले काास्पदक प्राप्त गरे। २६–२९ केजी तौलसमूहतर्फ यासुदा तेक्वान्दो डोजाङका जोनिश कार्की र गुडसेफर्डका संघर्ष श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् भने पोखरा तेक्वान्दो डोजाङकासन्दीप रौनियार र राम निमाविका बवसन्त भण्डारीले काास्यपदक प्राप्त गरे।४०–४४ केजी तौलसमूतर्फ शुक्रराज बलभद्रका सुशान्त गुरुङ र बाराही तेक्वान्दो स्कुलका विपिन क्षत्री फाइनलमा प्रवेश गरेका छन् भने अमरसिंहका किरण बुढामगर र यासुदाका निशान नेपालीले काास्पदक प्राप्त गरे।यस्तै महिला ४३–४७ केजी तौलसमूहतर्फ बाराही तेक्वान्दो स्कुलकी प्रशंसा क्षत्री र शुक्रराज बलभद्रकी प्रतीक्षा सुवेदी फाइनलमा प्रवेश गरेका छन् भने अमरिसंहकी ज्योति नेपाली र यासुदाकी रक्षा खााडले काास्यपदक प्राप्त गरे। यी समूहमा फाइनल खेल शनिबार समापनको अवसरमा खेलाइने सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए।
महिलातर्फ चार तथा पुरुषतर्फ नौ गरी १३ वटा इभेन्ट सञ्चालन भएको प्रतियोगितामा कास्की जिल्ला तेक्वान्दो सङ्घअन्तर्गत पोखरा तथा लेखनाथमा सञ्चालित १४ वटा डोजाङ तथा स्कुलका करिब एक सय जना खेलाडीको सहभागिता रहेको छ। समापनका अवसरमा पुम्से प्रतियोगिता पनि गरिने छ। पुम्सेमा प्रत्येक डोजाङबाट ब्ल्याकबेल्ट भन्दामुनिका एक पुरुष तथा एक महिला खेलाडीले जोडीको रूपमा सहभागिता जनाउनेछन्।
यस्तै समापनका अवसरमा सिनियर खेलाडीहरुले तेक्वान्दोको डेमोन्स्ट्रेशन पनि गर्नेछन्। सङ्घको आयोजनामा पोखरा रड्डशाला र बगरको न्यू लिटिल स्टेप बोर्डिङ स्कुलमा सञ्चालन भइरहेको एक महिने नि:शुल्क तेक्वान्दो प्रशिक्षण शिविरको समापन पनि गरिने छ भने प्रशिक्षार्थीहरुले आफूले एक महिनासम्म सिकेको सीप पनि प्रस्तुत गर्नेछन्।शिविरमा एक सय बढी प्रशिक्षार्थीको सहभागिता रहेको छ।
