माओवादी शिविरको नजिक गाडेर राखेको हतियार भेटियो
काठमाण्डौ,वैशाख १३-माओवादीले मुलुकका बिभिन्न भागमा लुकाएर राखेका हतियार र गोलिगठ्ठा धमाधम पक्राउ पर्न थालेका छन् । कंचनपुरमा ठूलोमात्रामा युद्ध सामाग्री भेटिएको एक साता नपुग्दै रोल्पाको गौरीगाउँ-६ बास्कुनमा आधुनिक बन्दुकको गोली र बिष्फोटक पदार्थ भेटिएको छ ।
थि्रनट थ्री राइफलको गोली ४ सय ५० थान, ८१ एमएम मोर्टारको सेल ८१ वटा, दुई बोरा सकेट बम बनाउने सामाग्री, डेटोनेटरको १४ वटा बन्डल, सकेट बम बनाउन प्रयोग गरिने रोल २३ थान र सकेट बम ४ थान भेटिएको शसस्त्र प्रहरी निरिक्षक लालबहादुर शाहीले जानकारी दिनुभएको आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
५ सय लिटरको ड्रममा बाहिरबाट त्रिपालले छोपेर जमिनमुनी गाडेर राखेको अबस्थामा उक्त समाग्री भेटिएको हो । सोमबार स्थानीय वासिन्दाको गोरु चर्दै जाँदा ड्रममा खट्टा पसेर अड्कीएपछि हतियार रहेको पत्ता लागेको हो । ड्रममा गोली र बिष्फोटक पदार्थ भेटेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खवर गरेका थिए । माओवादीको पाँचौं डिभिजन अन्र्तगत ज्वार स्मृति बिग्रेडबाट सय मिटरको दुरीमा उक्त युद्ध सामाग्री भेटिएको हो । सो बिग्रेडको जिम्मा लिएको शसस्त्र प्रहरीले ती हतियार नियन्त्रणमा लिएको छ भने नेपालगंजबाट गएको टोलीले चारवटा सकेट बम डिस्पोज गरेको छ ।
स्थानीय वासिन्दाले ती सामाग्री माओवादीले गाडेर राखेको हुनसक्ने बताए । तर हतियार हालै गाडीएको वा युद्धका बेला भन्ने खुलेको छैन् । माओवादी शिविरको सय मिटर दुरीमै यस्ता समाग्री भेटिएकाले हालै गाडीएको हुनसक्ने अनुमान गरिएको छ ।
समाचार : ओन्लाइनखबर बाट