जापानले नेपाललाई २५ करोड ९० लाख रुपैयाँ अनुदान सहयोगगर्ने
काठमाण्डौ
बैशाख १७ -जापानले नेपाललाई २५ करोड ९० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । दुई दिने नेपाल भ्रमणमा नेपाल आएका जापानी परराष्ट्र मन्त्री कोईचिरो गेम्बाले नेपालको कृषि क्षेत्रको आर्थिक विकासका लागि उक्त सहयोगको घोषणा गर्नु भएको हो ।
नेपालका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र जापानी परराष्ट्रमन्त्री कोईचिरो गेम्बावीच आइतवार विहान भएको परराष्ट्रमन्त्री स्तरिय वैठकमा उक्त अनुदान सहयोग सम्झौता पत्रमा नेपालका लागि जापानी राजदूत ताकाहासी कुनियो र अर्थसचिव कृष्णहरि बास्कोटावीच सम्झौतामा हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रीस्तरिय वैठकामा जापानी मन्त्रीले निर्वाचन आयोगलाई मतदाता परिचयपत्र व्यवस्थापनका निम्ति विभिन्न सामग्री पनि प्रदान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भेटमा नेपाल सरकारले २ सय मेगावटको माथिल्लो सेती जलविद्युत परियोजना निर्माण, काठमाण्डौ उपत्यका मेट्रो रेल सञ्चालन तथा मध्यपहाडी राजमार्ग निर्माणका निम्ति जापान सरकारलाई आग्रह समेत गरेको थियो ।
समाचार ओनलाइन खबर बाट