पोर्चुगलमा र्याली सहित बुद्ध जयन्ति मनाइने
बाबुराम भुषाल,लिस्वन- पोर्चुगलमा रहेका विभिन्न संघ सस्थाहरुको सामुहिक आयोजनामा पोर्चुगलमा र्याली सहित बुद्ध जयन्ति मनाइने भएको छ । भगवान बुद्धको २५५६ औ जन्मजयन्तिको अवसर पारेर मे ६ तारिक आइतवारका दिन गैरआवासीय नेपाली संघ लगायत पोर्चुगलमा रहेका विभिन्न संघ सस्थाहरुको सहकार्यमा गरिएको उक्त कार्यक्रमले भगवान बुद्धको बारेमा विदेशीहरुले पनि थप जानकारी पाउन भन्ने उद्देश्यका साथ ब्यानर र प्लेकार्ड सहितको भव्य र्यालीको समेत आयोजना गरिएको हो ।
दिउसो ३ बजे देखि सुरु हुने उक्त र्याली प्रासादि कर्मसियो (रोशियो नजिकैको समुन्द्रको किनार नजिकै) बाट सुरु भई रुवा आगोस्तो (पानीको फोहोरा) रेस्तुरादोर रुवादोष कोन्देश पोर्तास दि सान्तोन्ताउ हुदै रुवा फन्केइरोसको (गैहृ आवासिय नेपाली संघ नजिकै) घर नं. २८६ मा आई विशेष कार्यक्रम हुने छ । उक्त कार्यक्रमलाई सफल बनाउनका लागि संघका उपाध्यक्ष पेम्वा शेर्पाको संयोजकत्वमा सह सचिव सोनाम दोर्जे योञ्जन लामा व्यवस्थापक र सदस्यहरु धनराज शेर्पा, भिमकेसी कमल, राम गौचन, सुर्य हमाल, पल्जोर लामा, मानवहादुर पुर्जा , पेम्वा छिरी शेर्पा, छेलाङ्ग लामा, सन्तोष घिसिङ्ग, रामबहादुर पुन, राजकुमार थापा, पञ्च गुरुङ्ग, देवि तामाङ्ग सहितको समिति बनाइएको छ ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनी, र बुद्ध जन्मिएको देश नेपाल हुदा हुँदै प्रचार प्रसारको कमिले गर्दा भारतको हस्तक्षेप भइरहेको अवस्थामा बुद्ध जन्मिएको देश नेपाल लेखिएका व्यानर र प्ले कार्डको प्रचारले विभिन्न देशबाट पोर्चुगलमा आउने पर्यटकहरुले समेत बुद्धको बारेमा थप जानकारी पाउने छन् ।
समाचार ओनलाइनखबर बाट
