|

जिप दुर्घटनामा ७ जनाको मृत्यु

बझाङ , वैशाख १५ - सिमखेतबाट झोतातर्फ गइरहेको से१ज ३५१-नम्बरको जिप रिठापाटामा सडकबाट तल खस्दा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । 

बझाङ दुर्घटनामा मृत्यु भएकाहरूमा चैनपुर-५ की ३५ वर्षीय केशु रोकाया, भैरबनाथ-१ का ६० वर्षीय मेखराज गिरी, रिठापाटा-६ का ६ महिने जेनेश खड्का, भैरवनाथ-१ का ६० वर्षीय गोरख गिरी, सैनपसेला-२ का ३४ वर्षीय अमलादेवी जप्रेल, सैनपसेल-२ कै दमन जप्रेल र बैतडी घर भई बझाङमा कार्यरत प्रहरी नायब निरीक्षक देवदत्त भट्ट रहेका छन् ।

रोकाया, गिरी र खड्काको घटनास्थलमै र अन्य चार जनाको उपचारक्रममा जिल्ला अस्पताल सिमखेतमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
समाचार कान्तिपुर दैनिक बाट 

Posted by Butwalonline on 7:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप दुर्घटनामा ७ जनाको मृत्यु"

Leave a reply