चितवन सदरमुकाम दुई दिनलाई माडी सर्यो
वैशाख १५- गाउँका जनतालाई घरदैलोमै सेवा दिन सदरमुकामका सबै सेवा दुईदिनका लागि माडी पुगेको छ। सुगम जिल्लाको दुर्गम ठाउँ भनेर चिनिएको माडीका सर्वसाधारणले बिहीबार र शुक्रबार दुईदिन आफ्नै गाउँबाट सरकारी सेवा लिन पाएका हुन्। यसअघि सरकारी सेवा सहित दुईदिनसम्म्म पहाडी गाउँ कोराकमा सदरमुकाम राखिएको थियो।
नागरिकता, मतदातानामावली ,शिक्षा,स्वास्थ्य ,कृषी,पशुस्वास्थ्य,खानेपानी,सरसफाई सहितका एकदर्जन बढी सेवा लिएर सदरमुकामका सरकारी कार्यालय माडी पुगेको हो। चितवन निकुन्जले सदरमुकामबाट छुट्याएको माडीमा आवश्यक सेवा सुविधाका केही कार्यालय भएपनि साधनस्रोतको अभावमा स्थानियले राम्रो सेवा पाउन सकेका छैनन्।प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले तीनजना महिलालाई नागरिकता र एक छात्रालाई छात्रवृती रकम दिएर माडी सदरमुकामको सेवा शुरु गरेका थिए।
सेवा शुरु नहुँदै थारुसुमदायको बाहुल्यता रहेको माडीमा सेवा लिन बिहानैदेखि सर्वसाधारणको घुँईचो लागेको थियो। सरकारी सेवा बढीभन्दा बढी जनताले पाओस भनेर यसरी घुम्ती शिविरका रुपमा मिनी सदरमुकाम नै गाउँमा संचालन गरिएको कार्कीले बताए। 'एक्काईसौ सताब्दीमा पनि मुलुका गाउँहरु समुन्नत हुन सकेका छैनन् उनले भने जसका लागि यस्ता सेवा गाउँ गाउँमा पुर्याउन आवश्यक छ।' गाउँमा सेवा दिने कार्यलाई निरन्तरता दिने उनले प्रतिवद्धता पनि जनाए। उद्घाटनका क्रममा नेपाली काँग्रेसका जिल्ला सभापति विकास कोईरालाले यस्ता सरकारी सेवाको शिविर एकपटक नभई तीन तीन महिनामा गाउँमा पुग्नुपर्ने उल्लेख गरे। 'राज्यलाई समाउने जनताको अधिकार राज्यले दिनैपर्छ उनले भने हामीले सबैसेवा सेवाकेन्द्र मार्फत दिने निर्णय कार्यान्वयनमा आउनुपर्छ।'
न्ोकपा एमालेका नेता विजय सुवेदीले प्रशासनिक झण्झटका कारण गाउँले मानिसले राम्रो सेवा पाउन नसकेको बताए। 'खर्चिलो सेवाबाट मुक्ति दिन पनि सेवा गाउँमा पुर्याउनु पर्छ ',उनले भने। संविानसभाको चुनावमा माडीबाट जितेका ठूलो दल एमाओवादीका प्रतिनिधी सेवा उद्घाटनमा अनुपश्थित रहे। आफ्नै सरकारले पहल गरेको कार्यक्रम भएपनि कुनै नेता तथा प्रतिनिधी समावेश थिएनन्। प्ाहिलो नागरिकता लिने गर्दीकी सुस्मा महतोले जन्मेको २९ वर्षमा बल्ल नागरिकता पाइन्। श्रीमान बुढ्ढा महतोको नागरिकता भएपनि नबनाई दिएकाले नागरिकता नपाएको उनी बताउछिन्। गाउँमै आएपछि भने सजिलै पाएँ ,उनले खुशी हुँदै भनिन्। उनीजस्तै कोपीला महतोले पनि श्रीमानकै कारण नागरिकता पाएकी थिईनन्। भरतपुर लैजान गाह्रो मान्ने अनि बनाईदिएनन् ,उनले थपिन अहिले त उनीस् पनि चाहिएन् नागरिकता भएपुग्यो आफै बनाए।भर्खरै एसएलसी दिएकी मिनाकुमारी महतोले भने गाउँमै सहज भएक्ाले नागरिकता बनाएको बताईन्। भर्खरका युवा युवतीदेखि ७२ वर्षका लालु चौधरीले पनि बुधबार नागरिकता बनाए। नागरिकता अरु सेवा लिन पनि बेलुकीसम्म सर्वसाधारण पर्खेका थिए।
चाँदनी हमाल नागरिक न्युजबाट
