आफ्नै गर्भवती श्रीमती बेच्ने पति २२ वर्षपछि पक्राउ
हेटौंडा, वैशाख १३-गर्भवती अवस्थामा भारतीय कोठी पुर्याएर बिक्री गर्ने पतिलाई एक महिलाले २२ वर्षपछि पक्राउ गराएकी छन् । त्यतिबेला भारतमा जागिर खान जाने भन्दै मुम्बईको कोठीमा पुर्याएर बिक्री गर्ने मनहरी गाविस ३ का ३९ वषर्ीय सीताराम थिङलाई पत्नीले मंगलबार प्रहरी लगेर पक्राउ गराएकी हुन् ।
दुई दशकअघि कोठीमा बस्न बाध्य उनी चैत २४ गते माइतीघर मनहरी फर्केकी थिइन् । उनैको उजुरीका आधारमा प्रहरीले सीतारामलाई चितवन रत्न नगरपालिका १३ को जयमंगलाबाट नियन्त्रणमा लिएको हो । मनहरीकी १६ वषर्ीया किशोरीसँग विवाह गरेर थिङले ६ महिनापछि गलैंचा कारखानामा काम गर्ने भनेर काठमाडौं लगेका थिए । काठमाडौंमा काम पाइएन दुवै भारतको मुम्बई जागिर खाने भनेर उनलाई ०४६ जेठमा उता लगेका थिए ।
बम्बईका कोठी सञ्चालक दुई महिलालाई किशोरी जिम्मा लगाएर थिङ भागेका थिए । थिङले उनलाई ५० हजार भारुमा बिक्री गरेको बताइएको छ । कोठीमा बिक्री हुँदा किशोरी ५ महिनाकी गर्भवती थिइन् । उनी सुत्केरी पनि त्यहीं भइन् । उनले जन्माएको छोरा करिब २२ वर्षको भइसकेको छ । तर उनको साथमा छैन । ०४५ मंसिरमा किशोरी र सीतारामबीच मागीविवाह गरिएको थियो ।
'यसरीे मुम्बईमा लगेर बिक्री गर्ला भन्ने विश्वास नै थिएन,' रुँदै ती महिलाले व्यथा पोखिन्, 'आफ्नै श्रीमती बेच्ने अपराधीलाई कारबाही गराउन नेपाल फर्केकी हुँ ।' कोठीमा आउने नेपाली ग्राहकको सहयोगमा उनी र्फकन सकेकी हुन् ।
ग्राहकको सहयोगमा र्फकन पाएकामा खुसी व्यक्त गर्दै उनले भनिन्, 'नर्कबाट उम्केर आइयो ।' आफूलाई अरू महिलाकोे जिम्म्ाा छाडेर गएपछि राति अबेरसम्म नफर्केपछि रोइकराई गर्दा कोठी सञ्चालकले 'तँलाई ५० हजारमा किनेका हौं, तँ अब जान पाउँदिनस्' भन्दै कुटपिट गरेको पीडा अहिलेसम्म उनको स्मृतिमा छ ।
समाचार कांतिपुर दैनिक बाट