|

राष्ट्रिय जनमुक्ति पार्टीको तीनदिने नेपाल बन्द फिर्ता


काठमाडौ, वैशाख ३ - राष्ट्रिय जनमुक्ति पार्टीले आइतवारदेखि सुरु गरेको तीनदिने नेपाल बन्द सरकारसँगको वार्तापछि आइतवार अपराह्नदेखि फिर्ता भएको छ । जातीय पहिचानका आधारमा राज्य पुनःसंरचना सुनिश्चित हुनुपर्ने मागसहित उक्त पार्टीले बन्दको घोषणा गरेको थियो । 
सिंहदबारमा आइतवार भएको वार्तामा पार्टीले राखेका माग कार्यान्वयनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयले सम्बन्धित निकायमा आग्रह गर्ने, बन्दका क्रममा गिरफ्तार गरिएका कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्ने र तीनदिने बन्दको कार्यक्रम फिर्ता गर्ने सहमति भएको सो पार्टीका स्थायी समिति सदस्य खिलध्वज थापाले जानकारी दिए । 
वार्तामा सरकारका तर्फबाट मन्त्री सत्या पहाडी र उक्त पार्टीका तर्फबाट उपाध्यक्ष केपी पालुङ्गवालगायत सहभागी थिए । थापाका अनुसार बन्दका क्रममा देशभर करिब ५०० कार्यकर्ताको गिरफ्तारी भएको थियो । –रासस

Posted by Butwalonline on 6:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रिय जनमुक्ति पार्टीको तीनदिने नेपाल बन्द फिर्ता"

Leave a reply