|

चट्याङबाट एकै घरका दिदी-बहिनीको मृत्यु

इलाम, वैशाख ३ - पञ्चकन्न्या गाउँ विकास समितिमा परेको चट्याङबाट एकै घरका दिदी-बहिनीको मृत्यु भएको छ। आइतबार दिउसोको चट्याङले घरमै बसिरहेका १४ वर्षीया सपना र १३ वर्षीया विनु राईको घटनास्थलमै मृत्यु भएको स्थानीय पारस राईले जानकारी दिए। मेलामा मकै गोडिरहेका दुवै दिदी-बहिनी पानी परेपछि घरमा ओत लाग्न आउनेबित्तिकै चट्याङ परेको थियो।
उनीहरुको घरमा बिजुलीको वाइरिङ र अर्थिङ गरिएको छैन। विद्युत् पनि फेग्जिवल तारबाट ल्याइएकाले खाली खुट्टै उभिएका उनीहरुलाई चट्याङको झड्काले भेटेको हुन सक्ने पारसले बताए। विद्युत् तारनजिकैका रुखका पात ओइलाएकाले चट्याङ तारमै परेको उनको भनाई छ। चट्याङले राईको घरमा पनि सामान्य क्षति पुगेको छ। अहिले उनीहरुका बाबु नवीन राई र अन्य परिवार शोकाकुल बनेका छन्। 
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चट्याङबाट एकै घरका दिदी-बहिनीको मृत्यु"

Leave a reply