|

रात्रीबस दुर्घटना हुँदा ३१ जना घाइते

सुर्खेत, वैशाख १६ - काठमाडौंदेखि सुर्खेततिर आइरहेको ना३ख ५२९४ नम्बरको रात्रीबस रत्न राजमार्गको हर्रे नजिकै दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ बजे भएको दुर्घटनामा केही यात्रुको उद्धार गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। 
गंभीर घाइतेलाई कोहलपुर लगिएको र सामान्य अवस्थाका घाइतेलाई वीरेन्द्रनगर ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी आनन्द मरठाले जानकारी दिए। उनका अनुसार कार्यालय प्रमुख एसपी गोविन्दराम परियारको कमाण्डमा उद्धारटोली घटनास्थल पुगेको छ।
वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ गइरहेको जीपलाई जोगाउने क्रममा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उक्त जीपमा पनि क्षतिग्रस्त छ। दुर्घटनामा परेको बस सडकदेखि करिब दुई सय मिटर तल खसेको डिएसपी मरठाले बताए। उनका अनुुसार बसचालकको अवस्था पनि गंभीर छ। 
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 7:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रात्रीबस दुर्घटना हुँदा ३१ जना घाइते"

Leave a reply