|

सम्झना जनआन्दोलन २ को


हेमराज भट्ट,नेपालगन्ज,बैशाख ११-आज नेपालमा लोकतन्त्र स्थापना भएको दिन । आजको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको थियो तर पनि औपचारीक रुपले भने मनाएन । बााके जिल्लाको नेपालगन्जमा भने लोकतन्त्र दिवसलाई एक सस्थाले निकै फरक ढंगले मनाएको छ । नेपालगन्जमा क्रियासिल अन्तराल नामक सस्थाले सम्झना जनआन्दोलन २ नाम दिई  मनाएको छ । अन्तरालले आयोजना गरेको कार्यक्रममा अन्य कार्यक्रमहरु जस्तो भाषण गर्ने र नेता तथा अन्य विशिष्ट व्यक्तिहरुलाई आसन ग्रहण गराउने काम भएन ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरु।तस्बीर :हेमराज भट्ट,नेपालगन्ज

कार्यक्रममा अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले लेखेको जनआन्दोलनमा आधारित बााके र बर्दियाको डायरि जनता उठेपछि पुस्तक को कभरमा राखिएको तस्विरमा देखिएका जनआन्दोलनमा सहभागी ६ जना लाई कार्यक्रममा सम्मान गरियो । खादा लगाएर सम्मानीत गरिएका ६ जनाहरुलाई जन आन्दोलनको त्यो क्षणलाई सम्झिएर आफ्ना भनाईहरु राख्न दिईएको थियो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता र प्रजातन्त्र सेनानी गोविन्द श्रेष्ठ लाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा पत्रकार जनक नेपाल, झलक गैरे , गोपालनाथ योगी लगायतले जनआन्दोलनको सम्झना गर्दै आफ्ना भनाईहरु राखेका थिए । विभिन्न माध्यमहरुबाट पुस्तकको तस्विरमा देखिएका व्यक्तिहरुलाई सम्पकर्मा आउन केही समय अगाडी देखि अन्तरालले अनुरोध गरेको थियो । फेरि पनि अन्य व्यक्तिहरुलाई सम्पर्कमा :ल्याउने र  बृहत कार्यक्रम गर्ने अन्तरालका कार्यकारी निर्देशक शाहले बताएका छन् ।  कार्यक्रमको सञ्चालन अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले गरेका थिए ।
कार्यक्रममा सम्मानित जनआन्दोलनमा सहभागीहरु।तस्बीर :हेमराज भट्ट,नेपालगन्ज

कार्यक्रममा बोल्दै एक सम्मानित सहभागी।तस्बीर :हेमराज भट्ट,नेपालगन्ज


Posted by Butwalonline on 8:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सम्झना जनआन्दोलन २ को"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु