|

शुभकामना सहित चितवन समाज युएई गठन



निमकान्त पाण्डे ,चितवान समाज युएर्इले आयोजना गरेको पिक्निक तथा भेलामा सहभागी हुने साथिहरू सबैलाई बदाई अनि शुभ-कामना दिदै सिनेकर्मि पुजन प्रधान बाट सुरुभएको कार्यक्रममा सहभागी हुदै रोजगारीका सिलसिलामा युएईमा रहेका चितवन जिल्ला स्थाई बसोबास गर्नेहरुले ६ अप्रिल सुक्रबारका दिन नयां वर्ष २०६९ को अवसर पारेर दुबईको जाबिल पार्कमा पिकनिक कार्यक्रम सहित चितवन समाज युएईको पुनरगठन गरिएको थियो  । नि.बर्तमान अध्यक्षले पुरानो समितिलाई बिघटन गरी सके पछी नयाँ कार्य समितिको लागी प्रस्ताब गर्नु उक्त कार्यक्रममा समाजले प्रबाश देखि गर्नु पर्ने बिषयमा घनिघुत रुपमा बिभिन्न बिषयहरुमा लामो छलफल गरीएको थियो । युएईमा रहेका सम्पूर्ण चितवन बासीहरुलाई समेटेर लैजाने गरी अरुण सुबेदीको 0505821530  अध्यक्षतामा,उपाध्यक्ष लक्ष्यमण गोदार 0506573431  ,रमेस सुबेदी हुनुहुन्छ त्यसै गरी सचिब प्रविन बिक 0553218155 , स-सचिब श्याम पोखेरेल,कोषाध्यक्षमा जगत क्षेत्री 0566070132 हुनुहुन्छ  । मनोज अर्याल ,दिनेस खनाल ,आसिस पुरुष,नवराज पाण्डे ,गणेश न्यौपाने,सुरज ढकाल,रामचन्द्र बश्याल ,कृष्ण काफ्ले ,भिम पाठक ,मिना कार्की ,सुनिल पौडेल,रोमनाथ न्यौपाने,साथै आउदो बैठक बाट थप हुने गरी कार्य समिति गठन गरिएको छ  । सुर्य अधकारी,निमकान्त पाण्डे,भोजहरी ढकाल लाई सल्लाहकार समितिमा राखिएको छ । यस समाजको माध्यमाबाट  चितवन बासीहरुको लागी आफ्नो जिल्लाको पहिचानको निम्ति केहि गर्छु भन्ने ब्याक्तित्वहरुलाई समेटेर थप गर्ने गरी युएईको सात स्टेट र चितवन जिल्लाको पूर्व पश्चिमा उत्तर दत्क्षीण समेटीएता पनि कार्य समितिलाई थप गर्ने गरी निर्माण गरिएको छ । गाऊ ठाउमा भैपरी आउने आपत बिपत र प्रबाशमा हुन सक्ने कठिनाइहरुलाई समाधान गर्नका लागी चितवनेहरुले यस समाजमा आबद्द भई सदस्यहुनलाई हार्दिक अनुरोध गरिएको छ  । जिल्ला बासीलाई दुख पर्दा हामीलाई नै दुख्छ भन्ने मनन गर्दै यस समाजले आउदा दिनहरुमा कस्ता किसिमका कार्यक्रम योजना र सहयोग गर्ने छ भन्ने बाकी नै छ  ।  यस समाजलाई माथि उचाइमा उठाई आफ्नो गाऊ ठाउमा सहयोग गर्ने अबको जिम्मेबारी हामी सबैको हुने छ  । युएईमा रहनु हुने चितवन बासी साथीहरु सदस्य हुन लाई यसै सुचना मार्फत हार्दिक अपिल गर्दछौ ।

Posted by Anonymous on 2:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शुभकामना सहित चितवन समाज युएई गठन"

Leave a reply