झापामा एक जना पत्रकारको अज्ञात समूहद्वारा हत्या
काँकडभिट्टा, चैत्र २२ - झापामा एक जना पत्रकारको अज्ञात समूहले हत्या गरेको छ । एभिन्यूजका झापा संवाददाता ४० वर्षीय यादव पौडेलको मंगलवार मध्यराति हत्या गरिएको हो । विर्तामोडको वस पार्कस्थित एक होटल बाहिर उनको शव भेटिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । उनको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
मोरङको सौठा गाविस घर भएका पौडेल विर्तामोडमा डेरा लिई त्यहाँ पत्रकारितामा सक्रिय थिए । उनी स्थानीय मेची टाइम्स दैनिकका सह सम्पादक तथा राजधानी दैनिकमा पनि आवद्ध थिए । राति १२ बजे तिर उनको हत्या भएको बुझिएको छ । प्रहरीले होटल संघका पूर्व अध्यक्ष युवराज गिरी सहित
१२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । पौडेलको शवलाई ईलाका प्रहरी कार्यालय विर्तामोडमा ल्याइएको छ । त्यहाँ सञ्चारकर्मी, स्थानीय समूदायको ठूलो भीड लागेको छ । पौडेलको अनुभार भरि चोट देखिएको छ । हात समेत भाँचिएको छ । उनले लगाएको कपडा च्यातिएको छ । घट्नास्थलमा उनले लगाएको एउटा जुत्ता समेत भेटिएको छैन । उनी चढ्ने मोटरसाइकल घट्नास्थल मै भेटिएको छ । अन्य दुईवटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैबीच,उक्त घट्नामा केन्द्रीत भएर नेपाल पत्रकार महासंघको आकस्मिक बैठक काठमाडौंमा बसेको छ ।
स्रोत :कांतिपुर दैनिक
