|

काठमाडौंमा बर्डफ्लुका कारण एकै फार्मका १५ हजार कुखुरा सखाप


काठमाडौं, चैत्र ५ - रसियामा व्यवसाय गरिरहेका रंगनाथ पौडेलले नेपालमा कृषि क्षेत्रमा सम्भावना देखिएपछि स्वदेशमा लगानी बढाउन थालेको ३ वर्ष नपुग्दै ठूलो क्षति बेहोर्नुपरेको छ । कृषिमै ६ करोड लगानी गर्ने योजना बनाएका पौडेललाई त्यो बेला ठूलो धक्का लाग्यो जब उनको कुखुरा फार्मका १५ हजार कुखुरा एक हप्ताभित्र सखाप भए । बर्डफ्लु एकाएक फैलिएपछि सबै कुखुरा मरेका छन् । यतिखेर उनको समय फार्म सफा गर्नमै बितिरहेको छ । राजधानीको मनहरास्थित सुकुम्बासी बस्तीमा एभियन एन्फ्लुएन्जा (बर्डफ्लु) देखिएको ५ महिनापछि काठमाडौं शेषनारायण गाविसको फर्पिङमा फेरि यो रोग देखिएको छ ।
फ्लु नै भएको सरकारी अधिकारीले पनि पुष्टि गरिसकेका छन् । मरेका कुखुरामा बर्डफ्लुका जीवाणु देखिएको त्रिपुरेश्वरस्थित पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. रामकृष्ण खतिवडाले बताए । फागुन ३० गते हाम्रो प्रयोगशालामा आएको नमुना परीक्षण गर्दा ती कुखुरा बर्डफ्लुले मेरेको पुष्टि भयो । उनका अनुसार, शुक्रबार र शनिबार काठमाडौं पशु सेवा कार्यालय र निर्देशनालयले पौडेलको फार्म निरीक्षण गरेको थियो । फार्म सञ्चालक पौडेलका अनुसार ३२ रोपनी क्षेत्रफलमा स्थापना गरिएको फार्ममा रहेका १५ हजार १ सय ६० लेयर्स कुखुरा ८ दिनमा सकिए ।
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 6:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काठमाडौंमा बर्डफ्लुका कारण एकै फार्मका १५ हजार कुखुरा सखाप"

Leave a reply