सिटिइभिटीका कलेज अनिश्चितकालीन बन्द,भरतपुरस्थित आशा अस्पताल तोडफोड
चितवन, चैत ३- चितवनको भरतपुर अस्पताल रोडमा रहेको आशा अस्पतालमा आन्दोलनरत् विद्यार्थीले तोडफोड गरेका छन्। आफूहरुको मागबारे प्रशासन मौन रहेको भन्दै नर्सिङ र बाहिरका विद्यार्थीले शुक्रबार अस्पताल तोडफोड गरेका हुन्।तोडफोड गरिएको अस्पतालमा आधा दर्जनभन्दा बढी झ्यालका सिसा फुटेको छ भने अस्पतालभित्रका विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। एक सातादेखि आन्दोलित बन्दै आएका विद्यार्थीले अस्पतालभित्र पसी विभिन्न कोठा तथा गेटमा समेत तोडफोड गरे।
यसै अस्पतालका नर्सिङ पढ्ने विद्यार्थीले शुल्क खारेजीको माग गर्दै दुई महिनाअघि शुरुवाती आन्दोलन थालेका थिए। स्टाफ नर्स पढ्ने विद्यार्थीले सुरु गरेको यहाँको आन्दोलन अहिले जिल्लाव्यापी भएको हो।
सिसा फुटाउने क्रममा सिसा लागेर अनेरास्ववियु चितवनका अध्यक्ष निरज भट्ट र विद्यार्थी रमेश केसी घाइते भएका छन्। नेविसङ्घका परमेश्वर खनालसहितका जिल्लाका विद्यार्थी नेताहरु तोडफोडमा सामेल रहेको प्रत्यक्षदर्शीले बताए। उनीहरु दुवैको हातमा चोट लागे पनि व्याण्डेज बाँधेर पुन: आन्दोलनमा सरिक भएका छन्। तोडफोडका कारण बिरामीसमेत त्रसित भएका छन्।
तोडफोडपछि विद्यार्थीले अस्पतालबाट नाराबाजी गर्दै दिउँसो भरतपुरको चौबीस कोठीमा गई सडकसमेत बन्द गरेका थिए। उनीहरुले प्रहरी कार्यालय र प्रशासनमा समेत प्रदर्शन गरेका छन्।
शुल्क वृद्धि खारेजीको माग गर्दै र एउटै शुल्क हुनुपर्ने माग गर्दै एक सातादेखि विद्यार्थी आन्दोलित छन्। बिहीबार एक दिन सिटिइभिटीअन्तर्गतका कलेज बन्द गरेका उनीहरुले माग पूरा नभएको भन्दै शुक्रबारदेखि कलेजहरु अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।
स्रोत :नागरिक