ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु
समुन्द्र पौडेल, तनहुँ, चैत्र ३- तनहुँको जामुनेस्थित इँटाभट्टाबाट इँटा लिएर दमौलीबजारतर्फ आउँदै गरेको
ट्याक्टर शुक्रबार बिहान दुर्घटना हुदाँ २ इट्टा मजदुरको मृत्यु भएको छ। दुर्घटनामा २ मजदुर घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाही जिल्ला हजारिया ७ का ३० वर्षिय अबधलाल कुँवर र सर्लाही हरिवन ७ का १८ वर्षीय सुरेन्द्र कुँवर रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते हुनेहरुमा हजारियाका २५ वर्षीय कृष्ण चौधरी र हरिवनका ४० वर्षीय जीत नारायण चौधरी रहेको प्रहरीले जनाएको छ। घाइते दुबैको दमौली अस्पतालमा उपचार भइरहेको छ।
ग १ ट २०४४ नम्बरको ट्याक्टर पृथ्वी राजमार्गको जामुने २, गुणादीमा अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए। मृतक र घाइते इट्टा झार्ने प्रयोजनका लागि ट्याक्टरमै चढेर आएको उनले बताए। ट्याक्टर चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ।
स्रोत :नागरिक