|

भूमिगत संगठनले आव्हान गरेकोबन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित


महेन्द्रनगर, चैत्र ३ - संयुक्त लोकतान्त्रिक परिवेश नामक भूमिगत संगठनले आव्हान गरेको बन्दका कारण शुक्रवार बिहानै देखि सुदूरपश्चिमको जनजीवन प्रभावित भएकोछ । उक्त संगठनले चैत ३ गते आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारी अखण्ड सुदूरपश्चिमको प्रमुख माग अघि सारेर आम हडताल आव्हान गरेको हो ।
बन्दका कारण सुदुरपश्चिमका तराइ जिल्ला कञ्चनपुर र कैलाली बाट सञ्चालनहुने लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प भएकोछ । महेन्द्रनगर र धनगढीको प्रमुख बजार बन्द रहेकाछन् । संगठनले शिक्षणसंस्था बाहेक यातायात, बजार , कल कारखाना बन्दको आव्हान गरेको हो ।
उक्त संगठनका अध्यक्ष गणेश बमले एक विज्ञप्ती मार्फत सुदुरपश्चिमका ९ वटै जिल्ला रहेको हालको संरचना अनुरुप नै अखण्ड सुदुरपश्चिम कायम रहनु पर्ने माग गर्दै बन्द आव्हान गरेको जनाएकोछ । उक्त भूमिगत संगठनले डोट्याली भाषालाइ उचित मान्यता दिन गोरखापत्रमा डोट्याली भाषामा सामग्री प्रकाशित हुनु पर्ने समेत माग गरेकोछ ।
आमहडतालका कारण भारतका बिभिन्न ठाउ बाट घर र्फकने क्रममा कञ्चनपुरको सिमानाका हुदै महेन्द्रनगर भित्रिएका यात्रुहरु बसपार्कमा अलपत्र परेकाछन् ।
यसैबिच सिमापारी टनकपुर नजिक पूणर्ागिरी मेला भर्न आएका भारतिय दर्शनार्थीहरुको महेन्द्रनगर आउने क्रम पनि  यातायात बन्दका कारण घटेकोछ । बर्षेनी फागु पूणिर्मा पछि शुरु हुने पूर्णागिरी मेलामा आउने भारतीय यात्रुहरु महेन्द्रनगर स्थित सिध्दनाथ मन्दिरमा समेत पुगेर पूजा गर्ने प्रचलन रहेकोछ ।
धनगढी-अखण्ड सुदूरपश्चिमको माग राख्दै संयुक्त लोकतान्त्रिक परिवेषले शुक्रबार एक दिन सुदूरपश्चिम बन्द गराएको छ ।  बन्दले  धनगढी र महेन्द्रनगरबाट संचालित हुने लामो तथा छोटो दुरीका सार्वजनिक यातायत  बन्द छ । बजार पनि ठप्प भएको छ ।  बन्दले गर्दा उद्योग कलकारखाना र शैक्षिक संस्था समेत  खुलेका छैन्न ।
राज्य पुर्नसंरचना आयोगले प्रस्तावित प्रतिवेदनमा सुदूरपश्चिमका नौ जिल्लाबाट कैलाली र कञ्चनपुर टुक्राएकोले त्यसको बिरोधमा  परिवेषका अध्यक्ष गणेश बमले बताए ।
यस अघि १ गते  संयुक्त थारु संघर्ष समितिले  कैलाली र कञ्चनपुर थारुवान प्रदेशमा यथावत राखिनु पर्ने भन्दै  पश्चिम नेपाल बन्द गराएका थिए ।
यहाँ थारु र गैरथारुका केही संघ/संगठनले पछिल्लो दिनमा प्रदेश निर्माणका बिषयलाई लिएर दोहोरो बन्दको राजनीति गर्न थालेका छन् ।
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 9:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भूमिगत संगठनले आव्हान गरेकोबन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित"

Leave a reply