विपश्यना भवनको शिलान्यास
बुटवल, चैत ३- विश्व सुख शान्ति बौद्ध विहार, शङ्करनगरले विपश्यना ध्यान केन्द्र सञ्चालनार्थ बनाउन लागेको विपश्यना भवनको शिलान्यास गरिएको छ।
वौद्ध भिक्षु भन्ते प्रजाश्रीले विपश्यना भवनको शिलान्यास गरेका हुन्। म्यानमारबाट आएको प्रजाश्री नेतृत्वको भिक्षुको टोलीले विशेष पूजाआजा गरी भवनको शिलान्यास गरिएको थियो। करिब १०० व्यक्ति अटाउनसक्ने भवन बनाउन लागिएको विहारले जनाएको छ। ८० फुट लम्बाइ र ४० फुट चौडाइसहितको विपश्यना भवन निर्माणका लागि सहयोग सङ्कलन गर्ने क्रम जारी रहेको उनले बताए।
भवन निर्माणका लागि रु ७ लाखभन्दा बढी रकम सङ्कलन भएको विहारका अध्यक्ष बलबहादुर गुरुङले बताए। पहिलो दिन नै शङ्करनगरका स्थानीय समाजसेवी टेकबहादुर गुरुङले एक लाख ११ हजार १११ रुपैयाँ ११ पैसा दान गरेको उनले जानकारी दिए।
एक वर्षभित्र सो भवनको निर्माणकार्य सक्ने लक्ष्य रहेको पनि उनले बताए। यसैबीच म्यानमारबाट आएको विभिन्न बौद्धभिक्षु भन्तेहरूको नेतृत्वमा भएको १० दिने विपश्यना कार्यक्रम पनि सोही अवसरमा समापन गरिएको छ।
कार्यक्रममा ६७ जनाले भाग लिएका थिए। नौ जना भन्तेभिक्षुले विपश्यना पाठ सिकाएका थिए। रासस

स्रोत :नागरिक