आइसिसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताअन्तर्गत नेपाल अफगानिस्तानसँग ३४ रनलेपराजित
काठमाडौं, चैत ३ - आइसिसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताअन्तर्गत नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईको शरजहाँ क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले नेपाललाई ३४ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १५७ रन बनायो। १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२३ रनमै समेटियो। यसअघि २००७ को एसीसी ट्वान्टी-२० कपमा ६ र काठमाडौंमा अघिल्लो डिसेम्बरमा भएको सोही प्रतियोगिताको सेमिफाइनलमा नेपाललाई अफगानिस्तानले ९ विकेटले पराजित गरेको थियो।
स्रोत :नागरिक
स्रोत :नागरिक