जागरण मिडियाद्वारा तीन पत्रकार सम्मानित
विनोद परियार ,बुटवल , चैत्र १८ - जागरण मिडिया सेन्टरले दलित सवालमा कलम चलाएका तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
रुपन्देही सहित राजधानी र बाँकेमा रहेर
कलम चलाउने तीन जना पत्रकारलाई जागरण राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।सम्मानित हुनेहरुमा बुटवलबाट कन्त्तिपुर दैनिक तथा कन्त्तिपुर टेलिभिजनका पत्रकार अमृता अनमोल, गोरखापत्र दैनिकका लक्ष्मण दर्नाल,र रेडियो कृष्णसारका टेकेन्द्र बस्यालाई सम्मान गरिएको हो ।पत्रकारितामार्फत दलितका सवालमा काम गरिरहेका पत्रिका, रेडियो र टेलिभिजनका पत्रकारत्रयलाई सभामुख सुवास नेम्बाङ र जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बहादुर विश्वकर्माले नगद १५ हजार सहित प्रमणपत्रले सम्मान गर्नुभएको हो । सेन्टरको आयोजनामा शनिबार राजधानीमा भएको सञ्चारमा दलित सवाल विषयक एक दिने राष्ट्रिय कार्यशाला गोष्ठीमा उनीहरुलाई सम्मान गरिएको महासचिव दीपक परियारले बताउनुभयो । सञ्चार क्षेत्रमा दतिल समुदायको पहुच अझै पनि न्युन भएकाले यसलाई सुधार गर्न के गर्ने सकिन्छ भन्ने विषयमा देशभरीका दलित पत्रकारहरु एकै ठाउमा भेला भएर छलफल गरेका थिए ।

सम्पादक ज्यु बुटवल र यसका आसपास का ग्रामिण क्षेत्र का समाचार पनि संकलन गरेमा आभारी हुने थियौ
Rupak ji,thanks a lot for the suggestion..