एएफसी च्यालेन्ज कपको विजेता उत्तर कोरिया
काठमाडौं, चैत्र ६ - एएफसी च्यालेन्ज कपको चौथो संस्करणमा उत्तर कोरिया च्याम्पियन बनेको छ । साविक विजेता उत्तर कोरिया र उपविजेता तुर्कमेनिस्ताबीच दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कपको फाइनलमा २-१ ले उत्तर कोरिया विजयी भएको हो ।
सुरुको डेढ मिनेटमै गोल गरेर तुर्कमेनिस्तानले अग्रता लिए पनि त्यसलाई निरन्तरता दिन नसक्दा पराजय बेहोरेको छ । उत्तर कोरियाले खेलको ३५ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएको थियो ।
अन्तिम क्षणमा आउँदा पेनाल्टी हान्ने मौका पाएको तुर्कमेनिस्तानले पेनाल्टीलाई सदुपयोग गर्न सकेन । त्यसको लगत्तै २ मिनेटभित्र उत्तर कोरियाले प्राप्त गरेको पेनाल्टीलाई गोलमा परिणत गरेर २-१ ले अग्रता लियो ।
सन् २००६ बाट सुरु भएको एएफसी च्यालेन्जकपमा पहिलो पटक ताजकिस्तान, दोस्रो खेल २००८ मा भारत विजयी रहेका थिए । तेस्रो तथा चौथो पटक उत्तर कोरिया विजयी भएको छ ।आजै तेस्रो स्थानका लागि भएको खेलमा फिलिपिन्स विजयी भएको छ ।दशरथ रंगशालमा भएको प्रतियोगितामा विजयी टिम फिलिपिन्सले ४ गोल गरेको थियो । विजेताहरूलाई सभामुख सुवास नेम्वाङले पुरस्कार वितरण गरे ।
स्रोत :कान्तिपुर