लठ्याउने औषधी सुघाएर बसमै लुटपाट
काठमाडौं, चैत ११ - ना.४ ख ४७५७ नम्बरको बसमा सुनौलीबाट काठमाडौंतर्फ आउने क्रममा अपरिचित व्यक्तिहरुले लठ्याउने औषधी सुघाएर काभ्रे जिल्ला सहरेपाँगु–६ बस्ने ३० वर्षीय चन्दबहादुर स्याङतानको ७० हजार भारतीय रुपियाँ लुटेका छन्।
यसैगरी सोही समूहले ४० वर्षीय नवराज थापाको ३० हजार भारतीय रुपैयाँ लुटेका छन् भने सिन्धुली जिल्ला सिद्धेश्वरी बस्ने २३ वर्षीय गणेश थापाको ८८ हजार भारतीय रुपैयाँ लुटेका छन्। गए राति यसरी लुटपाट गरी उनीहरु फरार भएका प्रहरीले जानकारी दिएको छ।
यसैगरी जनकपुर नगरपालिका–८ बस्ने रघुवीर रायको घरमा अपरिचित ८/१० जना लुटेराले शनिबार बिहान उनलाई कुटपिट गरी नगद १ लाख ३० हजार रुपियाँ, भारती रुपियाँ ६९ हजार, सुन १२ तोला र चाँदी ५० तोला लुटी फरार भएका पनि प्रहरीले जनाएको छ।
लुटेराहरुको खोजी गर्नुको साथै घटनाका सम्वन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
स्रोत: नागरिक