|

पेट्रोल,डिजेल तथा मट्टितलेको मूल्यमा प्रति लिटर चार रुपैयाँको दरले वृद्धि


काठमाडौ, चैत्र १४ - नेपाल आयल निगमले पेट्रोल,डिजेल तथा मट्टितलेको मूल्यमा प्रति लिटर चार रुपैयाँको दरले वृद्धि गरेको छ । निगम संचालक समितिको सोमबार राति बसेको बैठकले मूल्य बढाएको हो ।
अब उपभोक्ताले प्रति लिटर पेट्रोलको १ सय २० तथा डिजेल र मट्टितेलको ८९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । खाना पकाउने ग्यासको भने मूल्यवृद्धि गरिएको छैन । यसअघि एक महिना अगाडि फागुन १३ मा निगमले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको थियो ।
निगम प्रवक्ता मुकुन्द ढुंगेलले अन्तर्राष्ट्रिय रुपमा इन्धनको मूल्य बढेकोले यहाँ पनि बढाइएको बताए । उनले अहिले मूल्यवृद्धि हुँदा पनि निगमलाई मासिक १ अर्ब ३ करोड रुपैयाँ घाटा रहेको जनाए । ढुंगेलका अनुसार खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ५ सय ६३ रुपैयाँ ४० पैसा, प्रति लिटर डिजेलमा १० रुपैयाँ ५२ पैसा घाटा रहेको छ । मूल्यवृद्धि पछि पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ ७७ पैसा तथा मट्टितेलमा ४ रुपैयाँ ८८ पैसा नाफा हुनेछ ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 7:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पेट्रोल,डिजेल तथा मट्टितलेको मूल्यमा प्रति लिटर चार रुपैयाँको दरले वृद्धि"

Leave a reply