कुवेतस्थित अमेरिकी बेस क्याम्पमा कार्यरत ८० जना नेपाली कामदारको करार रद्द
काठमाडौ, चैत्र ९ - वैदेशिक रोजगारका लागि कुवेतस्थित अमेरिकी बेस क्याम्पमा कार्यरत ८० जना नेपाली कामदारको करार अवधि कम्पनीले एकतर्फी रूपमा रद्द गरेको छ । दुई वर्षका लागि गएका ती कामदार आधा अवधि पनि नपुग्दै निकालिएपछि दुई महिनादेखि स्वदेश फिर्तीको प्रतीक्षामा छन् ।
कुवेतमा कामदार आपूर्ति गर्ने 'कुवेत रिर्सस हाउस' बाट अमेरिकी बेस क्याम्पमा कार्यरत कामदारको करार अवधि रद्द भएको हो । हाउसले अमेरिकी कम्पनीसँग गरेको सम्झौता सकिएपछि कामदारको रोजगार गुमेको हो । काठमाडांै सिनामंगलस्थित मदरल्यान्ड ओभरसिज कम्पनीमार्फत हाउसले नेपालबाट कामदार झिकाएको थियो । 'हामी काम गर्दै आइएका थियौं । जनवरी ३१ मा कामबाट निकालिएको पत्र दिइयो,' बुटवलका होमनाथ पराजुलीले कान्तिपुरलाई फोनमा भने, 'दुई वर्षका लागि भनेर आएकामा एक वर्ष नपुग्दै कामबाट निकालियौं ।'
अमेरिकी बेस क्यापमा सुरक्षा गार्डदेखि साधारण श्रमिकसम्मका छन् । त्यहाँ काम गर्न उनीहरू एक लाख ६० हजार रुपैयाँ तिरेर गएका थिए । 'कुवेत आउन लागेको ऋण अझै तिर्न सकेको छैन,' अर्का पीडित कामदार शिव तुम्ररोकले भने, 'हामीलाई साह्रै मार पर्यो ।' आफूहरूलाई 'प|mी भिसा' र 'प|mी टिकट' मा ल्याइएको भए पनि म्यानपावर कम्पनीले ठूलो रकम लिएकोप्रति उनले आक्रोश व्यक्त गरे ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार हाउसले चार सयभन्दा बढी नेपाली कामदार ल्याएको जनाएको छ ।
रोजगार गुमाएकाहरू कम्पनीले उपलब्ध गराएको क्याम्पमा बस्दै आएका छन् । कम्पनीले उनीहरूलाई पुनः अर्को कम्पनीमा रोजगार दिलाइदिने पत्र दूतावासलाई पठाएको छ । 'कम्पनीको महाप्रबन्धक र मानव स्रोत विभागका प्रमुख दूतावास आई कामदार इच्छुक भएमा अरू कम्पनीमा सोही सुविधा र सर्तमा रोजगारको व्यवस्था गरिदिने बताएको छ,' राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, 'कम्पनीले कामदारको भिसा रद्द गरिसकेको छैन ।' पीडित कामदारहरूले 'अर्को कम्पनी' मा नजाने भन्दै स्वदेश पठाइदिन माग गरेका छन् । 'हामीलाई अमेरिकी कम्पनी भनेर ल्याइयो । त्यसमा काम नपाएपछि अरूमा जान्नौं,' उज्ज्वल लिम्बूले भने, 'करार अवधिअघि नै काम सकिएकाले क्षतिपूर्तिसहित टिकट दिएर स्वदेश पठाइदिनुपर्छ ।' कामदार र्फकन चाहेमा कम्पनीका अधिकारीहरूलाई बोलाएर छलफल गर्ने दूतावासले जनाएको छ ।
स्रोत :कान्तिपुर
