|

भ्रष्टाचार बिरुद्धको चलचित्र गंगाजलको च्यारीटि शो यहि चैत्र ११ गते गरिने

हेमराज भट्ट,बाँके ,चैत्र ९-भ्रष्टाचार बिरुद्धको चलचित्र गंगाजलको च्यारीटि शोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।भ्रष्टाचार लाई आफ्नो मुख्य बिषयबस्तु बनाएको नेपाली चलचित्र गंगाजलको बासले यहि चैत्र ११ गते नेपालगन्जमा च्यारेटी शो गर्दै छ । जय गुरु गणेश सिने प्रा.लि.को प्रश्तुति र बासद्धारा ओयोजित च्यारेटी शो शनिवार नेपालगन्जको सल्यानिबाग स्थित आईएनएफको हलमा प्रदशन गरिने छ । दिउसो १२ बजे र दिउसो ३ बजे गरि दुई चरणमा चलचित्रको च्यारेटि शो गरिनेछ ।

भ्रष्टाचार देशको नै सबैभन्दा ठुलो समस्या भएको बेला बासले चलचित्रको माध्यमबाट यस क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई भ्रष्टाचार बिरुद्धको अभियानमा लाग्न प्रेरित गर्न गंगाजलको च्यारेटी गर्न थालेको हो ।यसरी नेपालमा नै भ्रष्टाचार बिरुद्धमा निर्माण गरिएको पहिलो चलचित्र गंगाजलमा नायक बिराज भट्ट, रेखा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Posted by Butwalonline on 5:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्रष्टाचार बिरुद्धको चलचित्र गंगाजलको च्यारीटि शो यहि चैत्र ११ गते गरिने"

Leave a reply