|

स्याङ्जाको पौगैगौडेमा भिषण आगलागी



प्रकाश डोटेल
स्याङ्जा-८, चैत्र ।

जिल्लास्थित सुरक्षाकर्मीको टोली र स्थानीयबासिन्दाको प्रयासमा पनि स्याङ्जाको पौवेगौ“डे गाविस-१, स्थित दर्ुइ सामुदायिक वनमा लागेको आगो निभाउन नसक्दा वनपैदावर र वन्यजन्तुको ठूलो क्षति हुने भएको छ । बुधबार दिउ“सो करिब २ः०० बजेतिर स्थानीय केटाकेटीले सल्काएको आगोबाट  आगलागी भएको आगो नियन्त्रणमा आउन सकेको छैन् ।

पौवैगौडे गाविस-१ आरामडा“डास्थित उपल्लो खरबारीबाट सुरु भएको आगो डा“डा“को चौतारी हुदै दाद्रे भिराली र कोखे रातोपहरा सामुदायिक बनमा फैलिएको स्थानीय शिक्षक टाकाराम रेग्मीले जानकारी दिए ।

सदरमुकामबाट नेपाली सेना करिब १५ र १४ जना प्रहरीको टोलि घटनास्थलमा पुगेर आगो नियण्त्रणको प्रयास गरेको भए पनि भीषण आगलागीका कारण आगो नियन्त्रण बाहिर रहेको र हालसम्म करीब ५० हेक्टर जंगलमा आगलागी भएको जिल्ला प्रहरी कार्याल स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार स्थानीय आरामडा“डाको बस्तीलाई खतरामुक्त पार्दापार्दै रात पर्न लागेपछि टोली फर्केको थियो ।

आगो बढ्दै गएमा नजिकै रहेको पुवनपा-४ को रानीस्वा“राको बस्ती समेत खतरामा पर्ने स्थानीयवासीले बताएका छन् भने प्रहरीले गाउ“बस्ती खतरामुक्त अवस्थामा रहेको जानकारी दिएको छ ।

Posted by Anonymous on 6:35 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङ्जाको पौगैगौडेमा भिषण आगलागी"

Leave a reply