|

अनुसन्धान विभागका कर्मचारीद्वारा श्रीमतीलाई खुकुरी प्रहार


काठमाडौं, चैत्र ९ - राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पुन्यप्रसाद निरौलाले श्रीमती रमिलालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
निरौलाले गत शुक्रबार मध्यरातमा श्रीमतीलाई खुकुरीले टाउकोमा हानेर घाइते बनाएका हुन् । घाइते रमिलाको बल्खुस्थित शिबज्योती अस्पतालको आइसीयु उपचार भइरहेको छ ।
शरीरभरी चोट लागेर बेहोस अवस्थामा रहेकी रमिलाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । निरौलाले सात वर्षे छोरोलाई समेत टाउकोमा हानी घाइते बनाएका छन् । 'के कारणले एक्कासी धारिलो हतियार प्रयोग गरे भन्नेबारे पत्ता लागेको छैन' मानव अधिकारकर्मी सरिता गौतमले भनिन्, 'यस सम्बन्धमा माइती र घर पक्षका आफन्तलाई केही थाहा छैन ।' घटनाको अनुसन्धान भइरहेको छ । निरौला हाल हनुमान ढोकामा प्रहरीको नियन्त्रणमा छन् । 
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 5:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अनुसन्धान विभागका कर्मचारीद्वारा श्रीमतीलाई खुकुरी प्रहार"

Leave a reply