|

यात्रुबहाक बस दुर्घटना हुदाँ १९ यात्रु घाइते

तनहुँ, चैत्र १५ - लमजुङको सदरमुकाम बेसीशहरबाट तनहुँको डुम्रेतर्फ आउँदै गरेको ना ३ ख ७०९१ नम्बरको यात्रुबहाक बस बुधबार भोटेवडार-५ अकला मन्दिर नजिक दुर्घटना हुदाँ १९ यात्रु घाइते भएका छन्। घाइते मध्ये दुई बालकको अवस्था गम्भीर छ।


गम्भीर घाइते हुनेहरुमा उदिपुर ७ का ६ महिने बालक समिर मजाकोटी र श्रीमञ्ज्याङ ४ का १४ बर्षिय योगेश परियार छन्। उनीहरु दुबैको सिउँडीबार स्थित कर्मदा मेडिकलमा सामान्य उपचार पछि भरतपुर मेडिकल कलेज, चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी उपरिक्षक भिम सिलबालले बताए।
अन्य घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ। करिब ३५ यात्रु बोकेको बस भोटेओडारमा सडकबाट करिब ३० मिटर तल खसेको थियो।
बेसीशहर तर्फ जाँदै गरेको अर्को गाडीलाई साईड दिने क्रममा उक्त बस सडकदेखी तल खसेको ईलाका प्रहरी कार्यालय भोटेवडारले जनाएको छ। बस दुर्घटनामा मकवानपुर घर भएका चालक दिपक तामाङ र सहयोगी समेत सामान्य घाईते भएका छन्। चालक तामाङ र उनका सहयोगीलाई ईलाका प्रहरी चौकी भोटेवडार राखिएको छ।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 5:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुबहाक बस दुर्घटना हुदाँ १९ यात्रु घाइते"

Leave a reply