विष्फोटमा मारीएका आफन्तहरुद्वारा पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौ, चैत्र २ - धादिङको बैरेनीमा स्थानीयले बिहीबार बिहानदेखि पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदै काठमाडौंबाट बाहिरिने र भित्रिने ठूलो संख्यामा सवारी साधनहरु धादिङमा रोकिएका छन् ।
फागुन १५ गते राजधानीको बबरमहलमा भएको विष्फोटमा मारिने परिवारलाई राहतको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । घट्नालगतै गृहमन्त्री विजय गच्छदारले मृतक परिवारलाई सरकारले राहत प्रदान गर्ने घोषणा गरेपनि कार्यान्वयन भएको छैन ।
नेपाल आयल निगम अगाडि भएको विष्फोटमा धादिङका दुई जनाको निधन भएको थियो । बैरेनी-६ का ७० वर्षीय मानबहादुर तामाङ र ३४ वर्षीय कृष्ण तामाङको मृत्यु भएको थियो ।
स्रोत :कांतिपुर
स्रोत :कांतिपुर