|

जनमोर्चाको मेची कोशी बन्दले पूर्वको जनजीवन प्रभावित

धनकुटा, चैत्र २ - समयमा संविधान जारी गरिनु पर्ने, संघीयताको निर्णय खारेजी र स्थानीय निकायको निर्वाचनको माग गर्दै राष्ट्रिय जनमोर्चाले बिहीबार मेची कोशी बन्द आब्हान गरेको छ ।

 बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात प्रभावित बनेको छ । धनकुटा सदरमुकाम भएर तेह्रथुम, संखुवासभा र भोजपुरतर्फ चल्ने सवारी साधन समेत नचलेको प्रहरीले जनाएको छ ।

 बन्दका कारण बजार, पसल, शिक्षण संस्था आंशिक प्रभावित भएको छ । सरकार समक्ष आफ्ना माग पुरा गराउन दवाव स्वरुप चरणबद्ध आन्दोलनको क्रममा बन्द आब्हान गरिएको राष्ट्रिय जनमोर्चा धनकुटाका सचिव तुलमान राईले जानकारी दिए ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनमोर्चाको मेची कोशी बन्दले पूर्वको जनजीवन प्रभावित"

Leave a reply