4:59 AM | Posted by Butwalonline
 |
| फोटो : हेमराज भट्ट |
हेमराज भट्ट,बाँके,
चैत्र २ ,आज बाँकेको नेपालगन्जमा लागू पदार्थ दुव्र्यसन बिरुद्ध बृहत सचेतना र्याली निकालीएको छ । लागु पदार्थको बिरुद्धमा विभिन्न नारा अंकित पम्पलेटहरु हात हातमा बोकेर नेपालगन्ज आसपासका सरकारी तथा निजि बिद्यालयहरुका बिद्यार्थीहरु व्यानर सहित र्यालीमा सहभागी भएका थिए । युवाहरुमा लागुपदार्थ बिरुद्धको सचेतना जगाउन, विभिन्न क्षेत्रहरुको सहभागीता गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बााके प्रहरी प्रमुख प्रहरि उपरिक्षक बिक्रमसिंह थापाले बताए ।
लागुपदार्थको क्षेत्रमा क्रियासिल संघ सस्था, बिद्यार्थीहरु तथा युवाहरुको सहभागीता रहेको र्याली नेपालगन्जको त्रीभुवन चौक, बि.पि.चौक धम्बोझि चौक हुदै पुष्पलाल चौक सम्म थियो । दुव्यसनि बिरुद्ध बााके प्रहरी प्रमुख प्रहरि उपरिक्षक बिक्रमसिंह थापा विगत केहि समयदेखि सडकमा नै उभिएर सडकमा हिड्ने सवारी साधनहरुमा पर्चा बाड्दै आएका थिए । आजको र्याली जिल्ला प्रहरी कार्यालय बााकेको संयोजनमा भएको थियो ।
सम्बन्धित शीर्षकहरु: News,
Photo Gallery

Posted by Butwalonline
on 4:59 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response