स्याङ्जा टुक्र्याए आन्दोलन
प्रकाश डोटेल
स्याङ्जा-१६, फागुन ।
बिज्ञताको आधार नभएर दलगत स्वार्थमा बनेको राज्य राज्यपर्ूनसंरचना आयोगले सरकारलाई सिफारिस गरे बमोजिमको राज्य पर्ूनसंरचना भएमा स्याङ्जाका राजनीति दलहरु, नागरिक समाज र विभिन्न संघ संगठनले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
नेपाली का“ग्रेस स्याङ्जाको आयोजनामा जिल्ला सदरमुकाममा भएको राज्य पर्ूनसंरचना र स्याङ्जाको अबस्था विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले राजनीति स्वार्थबाट प्रेरित भएर कदमदाचित स्याङ्जाको वर्तमान भौगोलिक बनावटलाई टुक्र्याउने प्रयास भएमा त्यसका विरुद्ध जस्तोसुकै आन्दोलन गर्न पछाडी नहट्ने उनीहरुले बताएका थिए ।
अन्तरक्रियामा नेपाली का“ग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनी, नेकपा एमालेका अध्यक्ष चक्रबहादुर पराजुली, एकीकृत नेकपा माओवादीका शोभाखर ढकाल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष राजेन्द्र गैह्रे, राष्ठ्रिय जनशक्ति पार्टर्ीी केन्द्रिय सदस्य रामबन्धु रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका जयनारायण श्रेष्ठ सहितका विभिन्न सामाजिक संघ संगठनका प्रतिनिधिहरुले स्याङ्जा अखण्ड राख्न जस्तो सुकै त्याग गर्न समेत तयार रहने बताए ।
बक्ताहरुले राज्य पर्ूनसंरचना जातीयताका आधारमा भएमा त्यसले राज्यलाई विखण्डन गराउने दावी गरे । आर्थिक अवस्था कमजोर र भौगोलिक बनावटमा सानो रहेको नेपाललाई वक्ताहरुले पहिचान र सामथर्यका आधारमा पर्ूनसंरचना गर्नुपर्नेमा जोड दिएका थिए ।
राज्यपर्ूनसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार स्याङ्जा जिल्लाका दक्षिण पश्चिमी भेगका क्षेत्र मगरात, दक्षिण पर्ूर्वी क्षेत्र नारायणी र उत्तरी भेगमा रहेका भू-भागलाई तमुवान राज्यमा विभाजन गरि स्याङ्जालाई तीन टुक्रा पारिएको छ ।