|

लागुऔषध ओसारपसार गर्ने चार अभियुक्त र्सार्वजनिक




श्रीकृष्ण सिग्देल
वालिङ्,५,फागुन
वडा प्रहरी कार्यालय वालिङ्ले एक हप्ता अगाडी लागू औषध खैरो हिरोइन र एपिएम पिआएएक्स क्याप्सुलको कारोवार गर्ने चार अभियुक्तलाई र्सार्वजनीक गरेको छ ।
प्रहरीले वालिङ्मा शुक्रवार पत्रकार सम्मेलन गरि अभियूक्तहरुलाई र्सार्वजनीक गरेको हो । पक्राउ पर्नेहरुमा गजेडा गाविस कपीलवस्तुका लक्षमण चौधरी,मुक्ति शाहि,गणेश चौधरी,पुरनबम मल्ल रहेका छन् । प्रहरीले माघ २७ गते सुराकीको आधारमा  तिनदोवाटे गाविस ४ स्थित सिदार्थ्र्ाााजमार्गमा वुटवलवाट पोखरा लैजाने क्रममा अभियूक्तहरुलाई प्रक्राउ गरेको थियो ।
   निजहरुकोे साथवाट ३२.२ खैरो हिरोइन र एसपिएम पि आरएक्स क्याप्सुल १८ थान वरामत गरेको छ । साथै उनीहरुको  प्रयोग गरेको एक/एक थान लु १० प ३५१४ न्ां पल्सर मोइर्साईकल र लु १० प ४०४७ नं.को बजाज मोटरर्साईकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
  लागुऔषध कारोवारमा अन्य पनि सक्रिय रहन सक्ने हुदा भाग्न नसकुन् भनेर अनुसन्धानका लागि एक सातापछि र्सार्वजनिक गर्नुपरेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रदिप डिसीले बताए । उनीहरुलाई जिल्ला अदालतमा लागुऔषध नियन्त्रण २०३३ अर्न्तगत मुद्धा चलाईएको छ । निरिक्षक डि.सि. का अनुसार भेटीएको लागु औषध जिल्ला अदालत स्याङ्जा र बिधि विज्ञान प्रयोगशालामा ३ ग्राम अनुसन्धानका लागी पठाएको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्लो समय स्याङ्जामा लागु अगाौषध लगायत अन्य गतिविधिमा बिकृति बढ्न थालेपछि सिविलमा प्रहरीहरु खटाएको समेत जनाएको छ ।

Posted by Anonymous on 6:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लागुऔषध ओसारपसार गर्ने चार अभियुक्त र्सार्वजनिक"

Leave a reply