|

भ्यालेन्टाइन डे (प्रणय दिवस) विशेष प्रेमको प्रतिक रानीमहलमा चहलपहल



मुक्तिप्रसाद न्यौपाने
पाल्पा
प्रणय दिवसको दिन नयाँ पुस्ताका जोशिला भावनाहरु उत्प्रोत गराउने भावात्मक अभिव्यक्तिको दिन । प्रेम दिवसमा आफ्ना मनमा लुकाइ गुम्साई राखेका भावनाहरुलाई उजागर गर्नकैलागि सुन्दर अनि शान्त मनमोहक स्थान बनेको छ यतिवेला रानिमहल ।
सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सम्झनामा निर्माण गरेको दरबार अहिले प्रणय दिवसमा भारी बिसाउने स्थान बनेको छ ।
प्रेम दिवसको अवसरमा आफ्नो प्रेमलाई फुलाउन र फलाउनकैलागि भनेर रानीमहलमा पुग्ने युवा जोडिहरुको प्रमुख गन्तव्य सावित भएको छ । प्रेमलाई शिखरमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले यहि दरबारलाई प्रतिक मानेर युवा युवतिको बाक्लो भिड लाग्न थालेको छ । यता दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास भएकोले भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ ।
पाल्पाको परिचय दिंदा, सभा गोष्ठी, क्यालेनडर, पुस्तकको आवरण लोगो व्यापारिक प्रतिष्ठान आदिमा राम्रै स्थान जमाउन सफल र यहाँ घुम्न आउने स्वदेशि विदेशि पर्यटकका क्यामरा मोबाइलमा कैद हुने दरबार, दरबार निर्माता पाल्पाबाट पलायन सँगसँगै पर्यटकिय महत्व बोकेको दरबार अहिले भ्यालेन्टाइन डे मा मात्र नभएर अरु समयमा पनि मनका भारी बिसाउने स्थान बनिदिएको छ ।
१९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिनदि तटमा बिशाल चट्टान माथि पश्चिमि कला कैशलको बेजोड नमूनाले सिंगारेर निर्माण कार्य पूरा गरिएको दरबारमा ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ ।
१९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र ग¥यो श्री ३ चन्द्र समशेरले यो कुरा थाहा पाए र पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर खड्ग शमसेर भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म कालिनदीलाई हेरेर टोलाइ रहेको छ ।
खड्ग शमसेरले रानिको सम्झानामा दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदिसम्म जोडिएको छ ।महत्वपूर्ण स्थानमा महत्वपूर्ण वस्तु निर्माण गरेर सबैका लागि र सधैका लागि छाडेको दरबार १ दिनमात्र भिड लाग्ने दरबार परिशर अहिले पाल्पामा तैनाथ सेनाले पूननिर्माण गरेपछि अन्य दिनहरुमा पनि आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
सडक यातायात सर्वसुलभ नभएपनि संरक्षण र सम्बद्र्धन पाएपछि निकै हर्षित बनेको छ ।

Posted by Journalist Mukti on 9:58 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्यालेन्टाइन डे (प्रणय दिवस) विशेष प्रेमको प्रतिक रानीमहलमा चहलपहल"

Leave a reply