|

माओबादी टाढिएकै कारण अप्ठेरो—थापा



मुक्तिप्रसाद न्यौपाने
माघ २२, पाल्पा (रामपुर)
‘देश र जनताको दायित्व जनताले माओबादीलाई दिएपनि माओबादीले जिम्मेवारी बहन गर्न नसकेको र शान्ति र संविधानबाट टाढिएकै कारण मुलुक अहिलेको अबस्थामा आएको नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा संबिधान सभाका सदस्य गगन थापाले बताएका छन् ।
लामो युद्ध थेग्न नसकेपछि सबै बिमती छाडेर साझा सहमति कायम गरौं भनेर लोकतन्त्रको बाटो हिड्ने सबै नेपाली दलले प्रण गरेपनि त्यो अनुसारको व्यबहार एकीकृत नेकपा माओबादी र एमालेले नगरेकै कारण शान्ति र संबिधान बन्न नसकेको उनको कथन थियो ।
नेपाली कागं्रेस पाल्पा क्षेत्र नम्बर १ ले पाल्पाको रामपुरमा गरेकोे बिशाल जनजागरण आमसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य थापाले ‘‘कागं्रेस नेता स्वर्गिय गिरिजाप्रसाद कोइरालाले चुनाबमा हार्ने अबस्था भएपनि देशलाई हार्न नदिन चुनाबबाट नभागेर शान्तिपुर्ण चुनाबमा गएको हो उनले भने’’, काग्रेंस बलियो नहुदा देश अघि बढ्न नसकेको पुष्टि भएको बताउदै ‘‘यसका लागि अब देशमा शान्ति र संबिधानको जिम्मा नेपाली कागं्रेसको काधँमा छ भने’’।
नेपाली काग्रेंसका जिल्ला सभापति बिर बहादुर रानाले आमसभामा नेपाली कागं्रेस लोकतन्त्र र संस्थागत बिकास शान्ति र संबिधानका लागि सधै जनताको पक्षमा रहेको बताउदै कागं्रेस अब देशको बिग्रदो अबस्था हेरेर नबस्ने ठोकुवा गरे । पाल्पा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति सन्तोष थापाको अध्यक्षतामा भएको आमसभामा बोल्ने नेपाली काग्र्रेंसका नेता कार्यकर्ताले कागं्रेस एक जुट भएर जानुको बिकल्प नभएको बताएका थिए ।
पाल्पा, स्याङ्गजा तनहु र नवलपरासीको संगम स्थल रामपुरमा भएको आमसभामा पुर्वी पाल्पाका डाडाँकाडाबाट हजारौं दर्शकको उपस्थिति रहेको थियो । नेपाली कागं्रेसको तुल, व्यानर, पर्चा पम्प्लेटले झकिझकाउ बनेको रामपुर बजारमा सभाका प्रमुख आर्कषण प्रखर वक्ता युवा नेता गगन थापाको प्रबेशसँगै थापालाई स्वागत गर्ने भिड थेग्न प्रहरी र काग्रेंसका कार्यकर्ता स्वयम्ंसेवकलाई हम्मेहम्मे परेको थियो ।
घामले नेटो काटिसकेको गोधुली साझँमा झण्डै डेढ घण्टा लामो भाषणमा जहाँको त्यही बसेर सुनिरहेका दर्शकले लगत्तै राष्ट्रिय स्तरका कलाकार चन्द्र शर्मा, माधब भण्डारी, राधिका हमाल, शिब हमाल, प्रेम गैरे, हास्य कलाकार निर आलेको साथ पाएपछि ठाउँ ठाउँमा हुइया लगाउदै नाचेका थिए । ‘‘क्याम्पस पढ्न आउनी सरले उता पढाउनी हामले आखाँ जुधाउने चित्त बुझाउने भन्दै स्टेजमा प्रबेश गरेकी राधिका हमालले दर्शकको राम्रो साथ पाइन् । गायक शिब हमाल, भाधब भण्डारी चन्द्र शर्मा प्रेम गैरे र निरु आलेले प्रस्तुति देखाएर रामपुरबासीको मन जितेका थिए ।
सभामा पाल्पाका रामपुर, हुँगी, हेक्लाङ्ग, खालिबन दर्छा, रिङनेरह, लगायत पुर्बी पाल्पा स्याङ्गजाको रत्नपुर, चापाकोट साथै तनहुँका बिभिन्न गाउँबाट नेकपा एमाले,एकीकृत नेकपा माओबादी,अखिल छैठौ लगायत अन्य पार्टी परित्याग गरी कागं्रेसमा प्रबेश गरेका करिब ३ सय नया प्रबेशीलाई प्रमुख अतिथि युवा नेता थापाले अविर फुलमाला पार्टी सदस्यता प्रदान गरी पार्टी प्रबेश गराएका थिए ।

Posted by Journalist Mukti on 11:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओबादी टाढिएकै कारण अप्ठेरो—थापा"

Leave a reply