एनआरएन पोर्चुगलको प्रतिनिधिमण्डलद्वारा राजदुतसंग भेट
-भीम के सी कमल
पेरिस, ६ फेब्रुअरी २०१२
गैर आवाशिय नेपाली संघ, पोर्चुगलको एक प्रतिनिधिमण्डलले फ्रान्सको
राजधानी पेरिस स्थित नेपाली राजदुतावासमा महामहिम राजदूत मोहनकृष्ण
श्रेष्ठसंग भेटी पोर्चुगलबासी नेपालीहरुले भोग्नु परेका बिबिध
समस्याहरुको बारेमा बिस्तृत जानकारी गराउदै समस्या समाधानार्थ ब्यापक
छलफल गरेको छ।
संघका अध्यक्ष रमेश गुरुङ, पुर्ब आइसिसि सदश्य एबम् बर्तमान संरक्षक मकर
हमाल, बरिष्ठ उपाध्यक्ष डिलाराम चापागाँइ, संघका सल्लाहकार तथा एनआरएन
आइसिसि नेपाली सामग्री प्रबर्धन टास्कफोर्स सदश्य झलक बहादुर के सी र
एनआरएन आइसिसि मेडिया तथा कम्युनिकेसन टास्कफोर्सका सदश्य भीम के सी कमल
सम्मिलित सो प्रतिनिधिमण्डलले पोर्चुगलको राजधानी लिस्बनमा नेपाल सरकारको
आधिकारिक कुटनितिक निकाय नहुदा पोर्चुगलमा बसोबास गर्ने ५०००को
हाराहारीमा रहेका नेपालीहरुले भोग्नु परेका बिबिध समस्याहरु तथा
पारिबारिक पुनर्मिलन एबम् अन्य कागजात प्रमाणिकरण गर्दा भारतको नयादिल्ली
स्थित पोर्चुगिस राजदूतावासमा नेपालीहरुले ब्यहोर्नु पर्ने बिभिन्न
सास्तीहरु तथा त्यहा हुने खर्चको बिषयमा समेत ब्यापक रुपमा जानकारी
गराउदै सो को समाधानार्थ सम्बद्ध पक्षबाट चालिनु पर्ने कदमहरुको बारेमा
पनि छलफल गरेको छ।
प्रतिनिधिमण्डलका संयोजक संघका अध्यक्ष रमेश गुरुङले प्रतिनिधिमण्डलको
तर्फबाट पोर्चुगलका समस्याहरु प्रस्तुत गर्दै पोर्चुगलस्थित सम्पुर्ण
संघसंस्थाहरुको मतैक्य अनुसार सिफारिस गरिएका ब्यक्तिलाइ कन्सुलरको
रुपमा नियुक्तीको ब्यबस्था गर्न समेत महामहिम राजदूतज्यु मार्फत सरकार
समक्ष माग गर्नु भएको थियो।
सो डेलिगेशनको अबसरमा प्रतिनिधिमण्डलका सदश्यहरुले पोर्चुगिस समुदायसंग
नेपालीहरुको सम्बन्ध, नेपालको संस्कृति, पर्यटन तथा उद्धोग-बाणिज्यको
प्रबर्धनको निमित्त पोर्चुगलमा रहेका अवसर तथा चुनौतीहरु, पोर्चुगलमा
रहेका नेपालीहरुका जायज मागहरुको यथाशिघ्र सम्बोधन तथा नेपाल तथा
पोर्चुगल दुबै देशमा एक अर्काको अधिकार सम्पन्न कुट्नैतिक उपस्थिति हुनु
पर्ने लगायतका बिषयमा साझा अबधारणाहरु राखेका थिए।
पोर्चुगलवासी नेपालीहरुका समस्याहरुको ब्यापक छलफल पश्चात महामहिम राजदूत
मोहनकृष्ण श्रेष्ठज्युले आफु पोर्चुगलवासी नेपालीहरुको समस्यासंग परिचित
रहेको र समयोचित समाधानमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त
गर्नु भयो।