|

जनयुद्ध दिवसमा प्रहरी हस्तक्षेप



काठमाडौं १ माघ । र्सवहारा कम्युनिष्ट पाटी ओवादीले गरेको जनयुद्ध दिवसमा प्रहरीले हस्तक्षेप गरेको छ । कोटेश्वर चौकमा र्सवहारा कम्युनिष्ट  पाटी ओवादीले जनयुद्ध दिवसमा मनाउँने क्रममा मसाल जुलुस गर्ने तयारीको क्रममा प्रहरीले हस्तक्षेप गरी सबै मसाल खोसेको हो ।
पाटी घोषित कार्यक्रम विथालिएपछि सरकार विरुद्ध सांकेतिक विरोध स्वरुप मुखमा कालो पट्टी बाँधेर धर्नामा बसेका थिए । धर्नामा वसेका सबै नेता तथा कार्यकताहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका संयोजक भावना व्रि्रोहीले यो सरकारले पनि विगतको शाही सरकारको निरन्तरताको झल्को दिएको आरोप लगाएकी थिईन ।
उनले जनयुद्धबाट प्राप्त उपलब्धिहरु सबै खोसिएपछि आफूहरुले पुनः जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता औल्याउँदै हिजोको प्रतिकूल स्थितिमा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद भनेर नथाक्ने प्रचण्ड, बाबुराम आज अनुकूल स्थितिमा को बढी भारतको प्रियपात्र बन्ने भनेर प्रतिष्पर्धा गरेको पनि आरोप लगाईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै व्रि्रोहीले आजको दिनमा प्रचण्ड बाबुरामले जनयुद्ध दिवस मनाउनुको कुनै औचित्व नरहेके पनि बताईन ।
उनले वर्तमान सरकार सबै बामपन्थी नेतृत्वको सरकारमध्ये सबैभन्दा कलंकीत भएको दावी गरिन । माओले भनेजस्तो र्सवहारा वर्गको मुक्तिको लागि एक पटक उठाएको हतियार सो वर्गले मुक्ति नपाउञ्जेल नविसाउनुपर्ने तर संस्थापन पक्षले आप\mनो स्वार्थ पूरा भएपछि र्सवहारा वर्गको मुक्ति विना हतियार विसाएकोमा आपत्ति जनाईन ।
व्रि्रोहीले शान्तिपर्ूण्ा ढंगबाट गर्न लागेको कार्यक्रमप्रति सरकारले यस्तो हस्तक्षेप बढाउँछ भने आफूहरु शसस्त्रयुद्धमा जान सक्ने चेतावनी दिईन ।
कार्यक्रमलाई एक्यबद्धता जनाउँदै पिलए पर्ूर्विकमाण्ड इन्चार्ज ज्वाला नेपालले सरकारको गलत रवैयाको भण्डाफोर गर्दै आफूहरु माथि लगाईएको अयोग्य विल्ला तुरुन्त खारेज गर्न माग गरे ।


Posted by Anonymous on 6:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनयुद्ध दिवसमा प्रहरी हस्तक्षेप"

Leave a reply