|

ट्रक र बस एक आपसमा ठोक्किँदा २० जना घाइते

धादिङ माघ १९ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा गाविस वडा न. १ बेल्खुमा बिहीबार बिहान ट्रक र बस एक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

काठमाडौबाट कटारीतर्फ जाँदै गरेका ना ४ ख ४५७२ न. को यात्रुबहाक बस र काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ६१२४ नं को ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ।

घाइतेभएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १४ जनाको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको स्थानीयबासीले जानकारी दिएका छन्।
गम्भीर घाइते भएका ६ जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
                                                                                                                                              स्रोत :नागरिक 

Posted by Butwalonline on 7:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रक र बस एक आपसमा ठोक्किँदा २० जना घाइते"

Leave a reply