प्रवासी नेपाली युवा संघ यूएईले नयाँ बर्ष मनायो
गिता मणि पाण्डे दुवई –यूएई (९ जनवरी २०१२)
गत शुक्रबार (६ जनवरी २०१२) आबुधाबीको कर्नेस गार्डेनमा भेला भएका प्रवासी नेपाली युवा संघ यूएईका कार्यकर्ताहरुले नया बर्ष सन् २०१२ लाई एक बार्बिक्यु पिकनिक कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ स्वागत गरेका छन । दिउसो ३ बजेबाट शुरु भएको उक्त कार्यक्रम बेलुकी ८ बजेसम्म चलेको थियो । कार्यक्रम ब्यबस्थापनको जिम्मा पाएका संघका कार्यकर्ताहरु आ–आफ्ना कार्यमा ब्यस्त देखिएका थिए । कोहि खसिको मासुको सेकुवा पोल्ने, कोहि उपस्थितलाई स्वागत गर्ने तथा कोहि पानी, कोकाकोला लगायत बितरण गर्दै कार्यक्रमलाई ब्यबस्थित तुल्याउन लागी परेका थिए । उक्त कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष महेश गिरीका साथमा अधिकांश केन्द्रिय पदाधिकारी तथा सदस्यहरु र क्षेत्रिय समिति लगायतका कार्यकर्ताहरु सहितको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त बार्बिक्यु पिकनिक कार्यक्रमको बीच भागमा आयोजित छोटो औपचारीक कार्यक्रममा अध्यक्ष महेश गिरीले युवा संघ यूएई गठन भएको १ बर्षको अबधिमा यस प्रवासमा संघले अनेकौं राम्रा काम गरी यहां कार्यरत प्रवासी नेपालीहरुको मनमा बास पाएको र युवा संघले ठगी गर्ने र दलाली गर्ने गिरोह बाट पिडित नेपालीहरुको बास्तबमै उद्दार गर्ने रहेछ भन्ने बिस्वास आम समुदायलाई परेको बताउदै कार्यकर्ताहरुलाई गोलबन्द भै निडरका साथ अघि बढ्न निर्देशन दिदै युवा संघ जहिले पनि अन्यायमा परेका र पारिएका नेपालीलाई कानूनी बाटो बाट न्याय दिलाउने अभियानमा लागेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ यूएईका केन्द्रिय सदस्य तथा गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद यूएईका उपाध्यक्ष कृष्ण प्रसाद भुषालले यस प्रवासमा युवा संघको उपस्थिति अत्यन्तै सकारात्मक रहेको र युवा बर्गले चाहने र सचेत हुने हो भने समाजका हरेक क्षेत्रमा उत्साहजनक परिवर्तन ल्याउन सकिने रहेछ भन्ने कुरा युवा संघ यूएईले पुष्टि गरको बताए । त्यसै गरी कार्यक्रमका अर्का अतिथि प्रवासी नेपाली संघ यूएईका आबुधाबी क्षेत्रिय समिति सचीव उत्तम अधिकारीले सैद्दान्तिक र बैचारीक एकता बिना कुनै पनि संगठन मजबुत हुन नसक्ने कुरा उल्लेख गर्दै युवा संघ यूएईको नेतृत्व तथा आम कार्यकर्ताहरुमा देखिएको यो एकता र सौहाद्रता सधैं कायम राख्न आग्रह गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगबाट युवा संघ यूएई अघि बढ्नेमा बिश्वास ब्यक्त गर्नुका साथै यस प्रवासमा संघले खेलेको भूमिका प्रति खुलेर प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रम सञ्चालन गर्दै संघका केन्द्रिय महासचीव बुद्दि प्रसाद सुबेदिले उक्त कार्यक्रम ३१ डिसेम्बर २०११ को लागी तय भएको भए पनि उक्त दिन अधिकांश कार्यकर्ता साथीहरु कार्य ब्यस्तताका कारण उपस्थित हुन नसक्ने भए पछि एक साता पर सारी ६ जनवरी २०१२ का दिन गर्नु परेको कारण खुलाएका थिए । उक्त कार्यक्रममा उपस्थित सम्पुर्णले हासी खुसी एक आपसमा नयाँ बर्षको शुभकामना आदान प्रदान गर्दै बाताबरणलाई खुशिमय बनाएका थिए ।

Posted by Butwalonline
on 5:10 PM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response