|

चितवनको क्यान्सर अस्पतालमा टेलिमेडिसिन प्रविधिको सुरुवात

चितवन, माघ ६- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रेडिएसन अङ्कोलोजी विभागले टेलिमेडिसिन प्रविधि आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ। 

इन्टरनेटको माध्यमबाट देश-विदेशका विशेषज्ञको प्रत्यक्ष उपस्थितिमा रायसुझाव र सीपको आदानप्रदानका लागि टेलिमेडिसिन प्रविधि सञ्चालनमा ल्याइएको हो ।

महावीर पुनले विभागको उदघाटन गरेका हुन्। करिब रु सात लाखमा जडान गरिएको सो उपकरणबाट अस्पतालको विशेषज्ञ टोलीले आज काठमाडौँ मोडल अस्पतालका चिकित्सक तथा विशेषज्ञसँग करिब पौने घन्टा विभिन्न रोगका उपचार पद्धतिबारे श्रव्यदृश्य प्रविधिमार्फत् प्रत्यक्ष परामर्श गरेका थिए।

रोग पहिचान र उपचारका क्रममा आउन सक्ने सम्भावित जटिलता न्यूनीकरणका लागि वरिष्ठ विशेषज्ञसँग रायसल्लाह लिँदै उपचार पद्धतिलाई सहज बनाउन टेलिमेडिसिन प्रभावकारी हुने अस्पतालका रेडियोथेरापी विभाग प्रमुख डा अञ्जनीकुमार झाले बताए। रासस
                                                                                                                                             स्रोत :नागरिक 

Posted by Butwalonline on 7:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवनको क्यान्सर अस्पतालमा टेलिमेडिसिन प्रविधिको सुरुवात"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु