|

नेपाल प्रवासी मगर संघ दोहा कतारको नवौं केन्द्रिय अधिवेशन सम्पन्न

देव बहादुर राना मगर / शरण थापा मगर,दोहा,पुस २१ - “जातिय, भाषिक, साँस्कृतिक रुपान्तरणका लागि प्रवासी मगरहरुको अभियान! संघीय गणतन्त्र नेपालको स्थायीत्व र अग्रगामी परिवर्तनको लागि नयाँ संविधान!!” मूल नारासँगै गत ३० डिसेम्बर २०११ शुक्रबार नेपाल प्रवासी मगर संघ दोहा कतारको नवौं केन्द्रिय अधिवेशन आठौं कार्यसमितीका अध्यक्ष श्री देव ब. रानामगरको सभापतित्व तथा महासचिव शरण थापामगर र सचिव भिम तरामुमगरको संयुक्त सञ्चालनमा दोहास्थित टप फर्म रेष्टुरेण्टको सभाहलमा करिब २५० जनाको सहभागीतासँगै भव्यरुपमा सम्पन्न भएको छ। संघको बिधान अनुसार साधारणतया २ बर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान रहेपनि बिशेष कारणवश बिधानले ब्यवस्था गरेअनुसार बहुमतको आधारमा साबिकभन्दा करीब अढाई महिना पछि सारिएको उक्त अधिवेशनले आगामी ९औं कार्यकालको लागि भीम बहादुर तरामु मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको हो।

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मान ब. साँवा लिम्बुको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा बिशेष आतिथीहरुमा महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङ र नेपाल प्रवासी मगर संघ दोहा कतारका प्रमुख सल्लाहकार छत्र ब. घलेमगर हुनुहुन्थ्यो। त्यसैगरी, अतिथीहरुमा तमु बौद्ध सेवा समिती शाखा कतारका निवर्तमान अध्यक्ष जगन तमु, किराँत राई यायोक्खा शाखा कतारका सचिव धिरज राई, किराँत याक्थुङ चुम्लुङका का.वा. अध्यक्ष ज्ञानेन्द्र पन्दाक, नेपाल प्रवासी तामाङ समाजका सचिव शुशिल तामाङ, थारु कल्याणकारिणी सभाका सभापति बिद्यानन्द चौधरी, नेवाः पुचः कतारका अध्यक्ष राधेश्याम महर्जन, नेपाल प्रवासी सुनूवार सेवा समाजका अध्यक्ष राम ब. सुनूवार, याक्थुङ समाज डट् कमका श्रवण योङ्गहाङ, नेपाल प्रवासी मगर संघका संस्थापक महासचिव दिलीप रानामगर, संस्थापक तथा सल्लाहकार सदस्य नारायण रानामगर, पूर्व संस्थाप्रमुख अर्थात् पाँचौं कार्यकालका अध्यक्ष अर्जुन थापामगर, सल्लाहकार सदस्यहरु तिलक घर्तीमगर, जनक थापामगर र डि. एन. पाङमीमगर, सहानियाँ एरिया समितीका अध्यक्ष हुम ब. मगर, दोहा एरिया समितीका अध्यक्ष केशर लुंगेलीमगर, सनैयाँ–ए एरिया समितीका बिर ब. मगर, रियान एरिया समितीका कोषाध्यक्ष खिम राकसमगर, सनैयाँ–बी का बिर ब. मगर लगायतको पनि उपस्थिती रहेको थियो।

कार्यक्रम सभापति तथा प्रमुख अतिथिबाट संयुक्तरुपमा व्यानर अनावरण र प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुरुवात गरिएको उक्त कार्यक्रममा ज्ञात–अज्ञात शहीदहरुप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली गरिएको थियो भने राष्ट्रको सम्मानमा राष्ट्रिय गान र मगराँतप्रतिको श्रद्धास्वरुप मगर राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। संघका उपाध्यक्ष प्रकाश आलेमगरले उपस्थितहरुलाई मन्तव्यद्वारा स्वागत गर्नुभएपछि अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।

मन्तव्यको क्रममा अतिथिहरुबाट अधिवेशनको नाराप्रति लक्षित गर्दै नारालाई ब्यानर लेखिनुमा मात्रै सिमीत नराखी वास्तवमै यसको लागि सबै मगरहरु जुट्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै हिजो हामीमाथि भएको सबैखाले बिभेदहरुको अन्त्यको लागि एक भएर लाग्नुपर्ने बताएका थिए। मन्तव्यको क्रममै प्रमुख अतिथिबाट भोलिको संघीय गणराज्यभित्र कुनैपनि जातजातिको हकअधिकार कुण्ठित नहुने र सबैको भाषा–संस्कृति, परम्परालाई समान व्यवहार हुने कुरा प्रट्याउँदै देशमा संघीयता नचाहनेहरुबाट संघीयताबारे आम जनमानसमाझ फिँजाईएका गलत कुराहरुतर्फ लाग्न नहुने आशय व्यक्त गर्नुभएको थियो।

साथै, मन्तव्यको शिलसिलामै देश–विदेशस्थित भाईचारा सङ्गठनहरुबाट संघको अधिवेशन सफलताको लागि प्राप्त शुभकामना सन्देश पनि पढेर सुनाईएको थियो। यसरी शुभकामना सन्देश पठाउनेहरुमा नेपाली मगर संघ यू. ए. ई., वर्ल्ड मगर फेडेरेशन बेल्जियम, नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समिती, र नेपाल मगर संघ केन्द्रिय समिती रहेका थिए । सो कार्यक्रमकै अवसरमा खेलकुद, साँस्कृतिक लगायत संघलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने कलाकार, खेलाडी तथा स्वयंसेवकहरुलार्ई प्रशंसा पत्र र संस्थापक महासचिव एवं पूर्व संस्थाप्रमुख (छैटौं कार्यकाल अध्यक्ष) रहनुभएका दिलीप रानामगर, संस्थापक सदस्यज्युहरु लोकेश थापामगर, तिल ब. पुनमगर, र खिर ब. ल्हायोमगरलाई सम्मान पत्र प्रदान गरिएको थियो।

सभापतिबाट धन्यवाद मन्तव्यसहित संघको आठौं केन्द्रिय कार्यसमिती भङ्ग भएको घोषणासँगै कार्यक्रमको खुल्ला शत्र बिसर्जन गरिएको थियो।

सो लगत्तै निर्वाचन समिती संयोजक देव बहादुर राना मगरकै सभापतित्व एवं सञ्चालनमा बन्द शत्र शुरु गरिएको थियो। सो बन्द शत्रमा, दोहा एरिया समीतीका कोषाध्यक्ष केशव रानामगर र सनैयाँ–ए का पुर्व कोषाध्यक्ष खिम ब. रानामगरबाट आ–आफ्नो एरिया समितीको सांगठनीक तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो। त्यसपछी, केन्द्रिय समितीको तर्फबाट महासचिव शरण थापामगरले सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष गिरी काउछामगरले आर्थिक प्रतिवेदन पेश गरेपछि ती प्रतिवेदनहरुउपर उठेका जिज्ञासा मेटाईनुका साथै सर्वसम्मतरुपमै अनुमोदन गरिएको थियो। साथै, निवर्तमान अध्यक्ष देव बहादुर राना मगरले प्रस्तुत गर्नुभएको संशोधित विधान मस्यौदा पनि सर्वसम्मतबाटै अनुमोदन गरिएको थियो।

त्यसपछी, देव ब. रानामगरको संयोजक र सदस्यहरु जनक थापामगर र नारायण रानामगर रहेको निर्वाचन समितीले श्री भिम तरामुमगर (गुल्मी) को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती चयन गरेको थियो। जसमा, प्रथम उपाध्यक्षमा महेन्द्र थापामगर (चितवन), द्वितीय उपाध्यक्षमा शेर ब.रोकामगर (रुपन्देही), महासचिवमा शरण थापामगर (मोरङ), सचिवमा राम ब. पुनमगर (म्याग्दी), कोषाध्यक्षमा लिलम चिदीमगर (रुपन्देही), सह कोषाध्यक्षमा रमेश आलेमगर (उदयपूर), र सदस्यहरुमा कृष्ण रानामगर (पाल्पा), केशव घर्तीमगर (बाग्लुङ), महिला सदस्य खगी पुनमगर (बाग्लुङ), राम ब. आलेमगर (सङखुवासभा), फुल ब. ढोंडेलीमगर (धनकुटा), खिम ब. रानामगर (तनहँु), सुर्य ब. मगर (स्याङजा), ढाल सिंह मगर (रामेछाप), भुपेन्द्र रिखाम मगर (उदयपुर), भोज ब. सारुमगर (प्युठान), सदस्य रमेश कनौजे मगर (पाल्पा), एक जना महिला सदस्य रिक्त रहेको कार्यसमिती गठन गरेको थियो। निर्वाचन समितीका संयोजकद्वारा आगामी ९औं केन्द्रिय कार्यसमितिको नामावली घोषणा पश्चात् नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराईएको थियो।

कार्यक्रमको अन्त्यमा नव निर्वाचित अध्यक्षद्वारा मन्तव्यसहित आफ्नो प्रतिबद्धता व्यक्त गरिएपछि नयाँ निर्वाचित ९औं केन्द्रिय कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै सभापतिबाट कार्यक्रम बिसर्जन गरिएको थियो।

Posted by Butwalonline on 7:54 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल प्रवासी मगर संघ दोहा कतारको नवौं केन्द्रिय अधिवेशन सम्पन्न"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु