नेपाल शिक्षक संघ पाल्पाद्धारा निशुल्क सेवा प्रदान
मुक्तिप्रसाद न्यौपाने,पुस २१, पाल्पा-जिल्ला शिक्षा कार्यालय पाल्पामा अध्यापन अनुमतिपत्र फारममा आवश्यक काजपत्रमा प्रमाणीत गरि नेपाल शिक्षक संघ पाल्पाद्धारा निशुल्क सेवा प्रदान गरिएको छ ।
प्रमाणीत गर्ने विषयमा केहि व्यक्तिले अनुचित लाभ उठाउने उद्देश्यले लाइसेन्सप्राप्त नोटरी पब्लिकले चर्को मूल्यमा प्रमाणीत गर्न लागेपछि शिक्षक संघको नेतृत्वमा अधिवक्ता विनोद कार्कीले बुधबारबाट निशुल्क सेवा प्रदान गर्न शुरु गरेका छन् ।
जिल्ला शिक्षा कार्यालय पाल्पामा अध्यापन अनुमती पत्रको आवेदन फारममा प्रमाणीत गर्न, विभिन्न व्यक्तिलाई एजेन्टको रुपमा राखेर मनपरी ढङ्गबाट रकम असुल गरेपछि निशुल्क सेवा पुर्याइएको संघका पदाधिकारीले बताए । नोटरी पब्लिकले प्रमाणित गरे वापत प्रति काजगपत्र दश रुपैयााका दरले शुल्क लिंदै आएको थियो ।जिल्ला शिक्षा कार्यालयका अनुसार दैनिक पाल्पामा एक सय बढी अध्यापन अनुमतिपत्रका लागि आवेदन दर्ता भएकोछ । संघले दैनिक पालैपालो गरेर प्रमाणित गर्नका लागि पदाधिकारी खटाउने बताएको छ ।