बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित
इटहरी, पुस १८- माओवादी अयोग्य लडाकूले आफ्नो नाममा भएको खर्च सार्वजनिक, योग्य लडाकू सरह सेवा-सुविधा सहितका माग राख्दै आह्वान गरेको पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित भएको छ। बन्दका कारण पूर्वाञ्चलमा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। उद्योग, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन्।
बन्दकर्ता बिहान ४ बजेदेखि नै सडकमा टायर बालेर अबरोध सृजना गरेपछि यातायातका साधन नचलेका हुन्। माओवादीको पहिलो डिभीजन इलामको चुलाचुलीबाट अनमीनले अयोग्य ठहर गरी बाहिरिएका लडाकु बन्द सफल पार्न बिहानैदेखि सडकमा उत्रिएका हुन्। पूर्व-पश्चिम, कोशी राजमार्ग र मेची राजमार्गका मुख्य-मुख्य चोकमा बन्दकर्ता भेला भएर यातायात सञ्चालनमा अवरोध खडा गरिरहेका छन्।
शिक्षण संस्था, उद्योग-कलकारखाना, बजार-पसल बन्द छन्। बन्दकर्ताले परीक्षा सञ्चालन भइरहेका शिक्षण संस्था, मोटरसाइकल, एम्बुलेन्स, प्रेसको गाडी, विवाहको गाडी र कुटनीतिज्ञ नियोगको गाडीमा भने कुनै असर नपुर्याइने अपील गरेका छन्। इलामको चुलाचुलीबाट ८ सय ७६ जना अयोग्य लडाकु बाहिरिएका थिए। जसमा ४ सय ७६ जना बिदाइका क्रममा बाहिरिएका थिए भने अरु त्यो भन्दा अघि नै बाहिरिएका थिए। बर्हिगमनमा परेका लडाकुलाई पार्टीले सुरुमा वाइसिएलकै समान्तर समिति सुरक्षा समिति बनाएर परिचालन गरेपनि सर्वत्र बिरोध भएपछि समिति निस्क्रिय बनाएकाले अहिले पार्टी सम्पर्कमा नभएको पासाङ् लिम्बुले बताए।
पूर्व लडाकुहरुले आफूहरु माथि लगाइएको अयोग्यताको बिल्ला हटाउनु पर्ने, आफ्नो अधिकार सुनिश्चित गर्नु पर्ने, प्याकेजमा राहतको व्यबस्था गर्नु पर्ने लगायतका माग पनि राखेका छन्।
स्रोत :नागरिक न्युज