नेपाली जनसम्पर्क समिति युएईको सघठन बिस्तार
भुपराज बस्याल यूएई,दुवई,माघ १ - नेपाली जनसम्पर्क समिति युएईले आफ्नो सघठन बिस्तार गर्ने क्रममा अबुधाबी क्षेत्रिय समिति अन्तर्गतको मुसफा उपक्षेत्रिय समिति मिति २०१२ जनवरी १३ तारिखका दिन तेन्जी शेर्पाको सम्योजकत्वमा १३ सदस्यी उप समिति पुनर्गठन गरिएको छ|समितिका अन्य सदस्य हरुमा क्रमस-उपाध्यक्ष कुमार थापा र रिम बहादुर आले मगर सचिब मान बहादुर दुलाल सह-सचिब सन्देस भण्डारी कोषाध्यक्ष प्रेम थापा र सदस्य हरुमा रन बहादुर थापा,सन्जित राइ,दिपक विश्वकर्मा,तारा कुँवर र सञ्जय चौधरी रहेको छ|उक्त कार्यक्रममा केन्द्रिय सभापति चित्र बहादुर केसिको समेत उपस्थिति रहेको थियो भने अन्य केन्दिय सदस्य राजकुमार रानाभाट,चन्द्र सारु मगर,सुरथ प्रधान,सुप्रिम तामाङ र अबुधाबी क्षेत्रिय सभापति कृष्ण गौतमको समेत सहभागीता रहेको थियो|
समारोहमा केन्द्रिय सभापति केसिले जनसम्पर्क समितिले गरेका सामाजिक काम र संघठनको बारेमा चर्चा गर्नु भएको थियो|जनसंपर्क समिति युएईले युएईमा संगठन बिस्तारको क्रम सगै सामाजिक कार्यलाई समेत निकै तिब्र रुपमा अगाडि बढाउदै आईरहेको छ|
प्रजातन्त्र दिबसलाई मध्यनजर राखेर नेपाली जनसम्पर्क समिति दुबइ क्षेत्रिय समितिले मिति २०१२ फेब्रुअरी १७ तारिख फ्राइडेका दिन दुबइको अल्कुजमा भलिबल प्रतियोगिताको आयोजना समेत गरेको छ|सो कार्यक्रमको सम्योजक दुबइ क्षेत्रिय समितिका सभापति मनोज गोर्खाली र सदस्य मा सचिब गोपाल कंडेल र साङ दोर्जे शेर्पालाई राखिएको छ भने खेलकुदको सम्पूर्ण बेबस्थापना गर्ने जिम्मेवारी केन्द्रिय सदस्य तथा खेल्कुद बिभाग प्रमुख दान बहादुर जिसी लाई दिईएको केन्दिय सभापति केसिले जानकारी दिनु भयो |उक्त प्रतियोगितामा सहभागी हुन नेपाली जनसम्पर्क समिति युएई सबै खेल्कुद प्रेमी हरुलाई हार्दिक अनुरोध गर्दछ|प्रतियोगितामा प्रथम दितिय हुने बिजेता टिमलाई पुरुस्कारको समेत बेबस्था गरिएको छ|टिम दर्ता गर्न चाहनु हुने महानु भाब हरुले सम्योजक मनोज गोर्खाली ०५६१४२९३९७ मा र दान बहादुर जिसिको ०५५७१६४८३२ मा संपर्क गरी टिम दर्ता गर्न सक्नु हुनेछ|