एल.जि.एफ को सहयोगमा बासद्धारा सार्बजनिक सुनुवाई सम्पन्न
हेमराज भट्ट,नेपालगन्ज, माघ १ - — बाँकेको राधापुर गा.बि.स.का सचिब सुमनराज भट्ले एक सार्बजनिक कार्यक्रममा प्रतिबद्धता जनाउदै भने निर्धक्क भएर सेवा लिन आउनुहोस्, हामी सेवा दिन तयार छौं। उनले जनाएको प्रतिबद्धता पूरा गर्न हामी पनि सहयोग गर्छों , हालै बिगठित सर्बदलिय संयञ्त्रका सदस्यहरुले पनि सोहि प्रतिबद्धतालाई समर्थन जनाए ।
स्थानीय उत्तरदायी संयञ्त्र (एल.जि.एफ) को सहयोगमा बासद्धारा संचालित सार्वजनिक सुनुवाई तथा प्रतिबद्धता कार्यन्वयन कार्यक्रमको आयोजनामा आज राधपुर गा.बि.स.को बहादुरपुरमा सम्पन्न गा.बि.स.ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभाबकारिता बिषयक सार्बजनिक सुनुवाईमा सो प्रतिबद्धता जनाईएको हो ।
कार्यक्रममा गा.बि.स. सचिब सुमनराज भट्ट लगाएतका सरोकारवालाहरुले गा.बि.स.मा सेवा लिन आएकै दिन सेवा दिने र सेवा दिन नसकिए नसकिएको कारण सेवाग्राहीलाई भन्ने बचनबद्धता पनि प्रकट गरे । १०० बढि स्थानीयबासीहरुका सामु सुनुवाईका सरोकारवालाहरुले थप अन्य प्रतिबद्धता पनि जनाए । उनीहरुले प्रभाबकारी सुचना पार्टीको तत्काल ब्यबस्था गर्ने, जनता प्रति उत्तरदायी बनाउने, कार्यालयमा कर्मचारीको उपस्थितीलाई अनिबार्य बनाउने, गा.बि.स.मा हेल्प डेस्कको स्थापना गर्ने, एक जना कर्मचारीलाई असक्त र लेखपढ गर्न नजान्नेलाई सहयोग गर्नका लागि एक जना कर्मचारीलाई फोकल पर्सनको रुपमा तोक्ने र गा.बि.स.बाट प्रदान गरिने सेवा र सुबिधालाई थप प्रभाबकारी बनाउने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रम संयोजक गगन थापाले संचालन गरेको सो सुनुवाईको अन्तमा साझा सार्बजनिक प्रतिबद्धता जनाउनेहरुमा गा.बि.स. सचिब सुमनराज भट्ट, नेकपा एमालेका प्रतिनिधि मगन सिंह थापा, एकिकृत माओबादीका प्रतिनिधि लाल बहादुर थापा, नेपाली काग्रेशका ईश्वरी बहादुर शाही, शान्ति समितिका संयोजक लक्ष्मि बहादुर थापा, नेपाल रेडक्रस सोसाईटीका नवराज थापा क्षेत्री, शिबशक्ति बहुउद्धेश्शिय सहकारी संस्थाका राम बहादुर शाही र ईलाका प्रहरी चौकीका राज कुमार सिंह रहेका छन् ।
बासका निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेको कार्यक्रममा एलजिएफका श्रीधर सुबेदीले मन्तब्य ब्यक्त गरेका थिए । बासका कार्यबाहक अध्यक्ष सुरेन्द्र बहादुर शाहीले समापन गरेको कार्यक्रममा सहभागि भएका स्थानीयहरुले सरोकारवालाहरुलाई दर्जनौं प्रश्न गरेका थिए । सो कार्यक्रमको प्रत्यक्ष प्रशारण स्थानीय बागेश्वरी एफ.एम.ले गरेको थियो ।