|

रिडीमा माघे सङ्क्रान्ति मेला भर्नेको घुँइचो

टेकनारायण भट्टराई, पाल्पा, माघ १- आज माघेसङ्क्रान्तिको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा मेला भर्नेको घुँइचो बढेको छ। कालीगण्डकीको जलले स्नान गरी ऋषिकेश देवताको दर्शन गर्न देशका विभिन्न जिल्लाबाट दर्शनार्थी यहाँ आउने गर्दछन्।भिन्न ब्यवसाय गर्नेहरु तथा तिर्थालुहरुको ठूलो संख्यामा रिडीमा जमघट भएको छ।


रूरू क्षेत्रमा परापूर्वकालदेखि नै माघ ३ गतेसम्म जेठी, माइली र कान्छी सक्राङ्न्तिको रुपमा मेला लाग्ने गरेको छ।बराह पुराणअनुसार भगवान इन्द्रले रिडीमा तपस्या गरेका ऋषिको तपस्या भङ्ग गर्न पठाएकी अप्साराले जन्माएकी छोरीलाई रूरू मृगले दुध पिलाएर बचाएकोले उनलाई रूरू कन्या नाम राखियो भन्ने विश्वास रहेको छ।रूरू कन्या बालिकाको तपस्याबाट यस क्षेत्रको नाम रूरू क्षेत्र रहन गएको किम्बदन्ती रहेको पाइन्छ। 
तीन दिन चल्ने माघेसङ्क्रान्ति मेलाको पहिलो दिन आइतबार जेठी सङ्क्रान्तिका दिन बिहानैबाट मेलामा सहभागी हुन देशभरबाट हजारौँको संख्यामा मानिसहरु रिडी आउने क्रम जारी रहेको छ।

आसपासका जिल्ला र देशभर र भारतीय सिमा क्षेत्रबाट समेत उल्लेख्य संख्यामा मानिसहरु मेलामा उपस्थित छन्। त्यसैगरी मेलाका लागि सयौको संख्यामा भारतीय तथा नेपाली साधु सन्तहरु रिडी बगरमा भेला भएका छन्।
                                                                                                                                             स्रोत :नागरिक 

Posted by Butwalonline on 7:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रिडीमा माघे सङ्क्रान्ति मेला भर्नेको घुँइचो"

Leave a reply