|

आन्दोलित विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा तानसेन बजार बन्द

पाल्पा, माघ १२- मूल्य वृद्धिको विरोधमा आन्दोलनमा उत्रेका विद्यार्थीलाई गिरफ्तार गरेको भन्दै विद्यार्थीहरुले तानसेन बन्द गराएका छन्। बिहीबार बेलुका ४ बेजेदेखि विद्यार्थीले बजार बन्द गराउँदै हिँडेका छन्।
माइकिङ गर्दै हातमा लाठी लिएका विद्यार्थीले पसल तथा सवारी बन्द गराएका छन्। विद्यार्थीले जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस गर्दै विद्यार्थी रिहाईको माग गरेका छन्। प्रहरीले आन्दोलनकारी ७ विद्यार्थीलाई बिहीबार दिउसो पक्राउ गरेको थियो।

स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीको गाडीमा ढुंगा प्रहार गर्ने र सरकारी सवारी जलाउने आन्दोलनकारी विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु छैठौंका विद्यार्थी गिरफ्तार भएका हुन्। नेविसंघका केशव बश्याल, अनेरास्ववियुका केन्द्रिय सदस्य टीकाबहादुर थापा, छैठौंका जिल्ला अध्यक्ष रेशम कडेल, कृष्ण आले, युवराज भट्टराई, सन्दिप थापा र जनक रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो।

विद्यार्थीले बिहीबार बिहान त्रिभुवन बहुमुखी क्याम्पस अगाडि सडक डिभिजन कार्यालय पाल्पाको ग१ब २२४ नम्बरको मोटरसाइकल रोकेर प्रहरीकै अगाडी विद्यार्थीले जलाइदिएका थिए। त्यस्तै बा१झ ३६४५ नम्बरको जिल्ला खानेपानी कार्यालयको गाडी दिउसो विद्यार्थीले तोडफोड गरिदिएका छन्। भैरवस्थान गाविसलाई दिशामुक्त घोषणा गर्न आएका स्थानीय विकास मन्त्री रायमाझीको गाडीमा ढुंगा प्रहर गरेपछि प्रहरीले विद्यार्थीलाई तानसेन बतासे डाँडाबाट गिरफ्तार गरेको थियो। अखिल छैठौंका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले विद्यार्थी गिरफ्तारीको विरोधमा थप सशक्त आन्दोलन गर्ने बताए।
                                                                                                                                        स्रोत :नागरिक

Posted by Butwalonline on 3:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आन्दोलित विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा तानसेन बजार बन्द"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु