प्याराग्लाइडिङका लागि स्याङजा पुगेका एक फ्रान्सेली नागरिकको मृत्यु
स्याङजा, माघ १२ - प्याराग्लाइडिङका लागि स्याङजा पुगेका एक फ्रान्सेली नागरिकको हृदयघातका कारण मृत्यु भएको छ । स्वरेक- १ महापुरमा बिहीबार बिहान ६ वजेको समयमा खाजा खाएर गाउँ घुम्ने क्रममा ५२ वषीर्य बर्नार्ड फोडको हृदयघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत बुधबार मृतकसहित तीन जना फ्रान्सेली नागरिक प्याराग्लाइडिङका लागि स्वरेक पुगेका थिए । मृतकको शवलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमका लागि लगिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए । उनका साथमा फ्रान्सेली नागरिक वर्ष २४ का थोमस डलिजल्ट र वर्ष ४१ का वेरिस भिन्सेन्ट रहेका थिए ।
स्रोत :कान्तिपुर