एक नेपाली युवती यूएईको जेलमा
निमकान्त पाण्डे दुबई,माघ ९-चितवन घर भई केहि समय देखि युएईको अलऐन (अबुदाबी ) स्थित के.एफ.सी.फाष्ट फुडमा कार्यरत नेपाली युवती जेलमा परेको दाजु प्रतापले बताउनु भएको छ । बिदेशी इजीप्टसन् ( मस्री ) नागरिक सग अबैध गैर कानुनि तरीकाबाट शारीरिक सम्बन्ध राख्न गई शरीर असस्थ भएका कारण १६ जनवरी हस्पिटलमा उपचारका लागी जादा चेकजाचका क्रममा पेटमा बच्चा रहेको प्रमाणित भएपछि हस्पिटलले पुलिसलाई जिम्मा लगाएको छ । फेमेली भिसा भन्दा आन्याले बच्चा जन्माउँन् नपाउने युएईको कानुनि ब्यबस्था रहेको छ सम्बन्धित केस दुताबास आइनसकेको नेपाली राजदुताबासबाट जानकारी दिनु भएको थियो । लुकी छिपी शारिरीक सम्बन्ध राखी बच्चा रहेको खण्डमा गैर कानुनि जगन्य अपराध मानिने कानुनी ब्यबस्था अनुसार अब युएईको अदालतले निजको फैसला गर्न बाकि नै छ । सगै काम गर्ने युवक हाल फरार छन भने नेपाली युवती अल ऐन जेलमा रहेको बुझिएको छ । मेरो काकाको छोरी हो,के गर्ने म बल्क बनाउने कम्पनीमा काम गर्छु, भनेको बेला छुट्टी मिल्दैन दाजु प्रताप 0553393775 निकै चिन्तित हुदै भन्नु हुन्छ जे हुनु भयो बद्नाम भयो तर पनि घरमा सबै जना निकै चिन्तित हुनुहुन्छ ,बैनीलाई नेपाल पठाउन युएईमा रहेका संघ सस्था समक्ष सहयोगको निम्ति हार्दिक अनुरोध गर्दछु । ब्याक्तिगत चरित्रलाई मनन गर्दै युबतिको नाम लेखिएको छैन ।
