|

सार्वजनिक सुनुवाई बाट सन्तुष्ट

हेमराज भट्ट/नेपालगन्ज, माघ ९-वडा नागरिक मञ्चको अस्थित्वको विवाद भएको सीतापुर गाविसमा ५ दिन भित्र सबै वडा संयोजकहरुलाई बोलाई बैठक गर्ने — बााकेको सीतापुर गा.बि.स.का सचिब टेकराज पौडेलले एक सार्बजनिक कार्यक्रममा प्रतिबद्धता जनाएका छन् । उनले जनाएको प्रतिबद्धता पूरा गर्न अन्य सरोकारवालाहरुले समेत सहमत भएका छन् ।स्थानीय उत्तरदायी संयञ्त्र (एल.जि.एफ) को सहयोगमा बासद्धारा संचालित सार्वजनिक सुुनवाई तथा प्रतिबद्धता कार्यन्वयन कार्यक्रमको आयोजनामा आज सितापुर गा.बि.स.को रेडक्रसको प्रागणमा सम्पन्न गा.बि.स.ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभाबकारिता बिषयक सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको
छ ।

कार्यक्रममा गा.बि.स. सचिब टेकराज पौडेल लगाएतका सरोकारवालाहरुले गा.बि.स.मा १५ दिन भित्र गुनासो सुन्ने कर्मचारी तोक्ने प्रतिबद्धता व्यक्त गरे । १५० बढि स्थानीयबासीहरुका सामु सुनुवाईका सरोकारवालाहरुले थप अन्य प्रतिबद्धता पनि जनाए । उनिहरुले कार्यालयमा क्रमचारीको उपस्थितीलाई अनिवार्य गर्ने, घर करको बारेमा जनतालाई उल्लेख्य जानकारि नभएकाले अब उप्रान्त घर करका बारेमा जनचेतना जगाउने, गाविसको बजेटका बारेमा सर्वसाधारणहरुलाई यथेष्ट जानकारि प्रदान गर्ने, गाविस बाट प्रदान गर्ने सेवा र सुविधा छिटो र छरितो गर्ने, वडा नागरिक मंचको अस्थित्वको विवाद भएकाले ५ दिन भित्र संयोजकहरुलाई बोलाई बैठक गर्ने बाचा ब्यक्त गरेका छन् ।

कार्यक्रम संयोजक गगन थापाले संचालन गरेको सो सुनुवाईको अन्तमा साझा सार्बजनिक प्रतिबद्धता जनाउनेहरुमा गा.बि.स. सचिब टेकराज पौडेल, पूर्व गाविस सचिब मान बहादुर वली, गाविस सञ्चालन समिती सदस्य कबिराम बुढाथोकी, नेपाली काग्रेसका प्रतिनिधि टिकाराम धिताल, ए नेकपा माओवादीका प्रतिनिधि पदम सिंह बि.क. रहेका छन् ।
बास सितापुर उपशाखाका अध्यक्ष नरबहादुर खत्रीले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेको, बासका कार्यबाहक अध्यक्ष सुरेन्द्र बहादुर शाहीले समापन गरेको कार्यक्रममा सहभागि भएका स्थानीयहरुले सरोकारवालाहरुलाई दर्जनौं प्रश्न गरेका थिए । सो कार्यक्रमको प्रत्यक्ष प्रशारण स्थानीय बागेश्वरी एफ.एम.ले गरेको थियो ।

Posted by Butwalonline on 11:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सार्वजनिक सुनुवाई बाट सन्तुष्ट"

Leave a reply